Home / Feature Breaking news / चितवन मेडिकल कलेजको होस्टलमै भेटियो पेस्तोल : चार पक्राउ

चितवन मेडिकल कलेजको होस्टलमै भेटियो पेस्तोल : चार पक्राउ

चितवन : चितवन मेडिकल कलेजको होस्टल परिसरबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ। शनिबार साँझ चितवन प्रहरीले १११७ मोडलको अमेरिकन पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार पेस्तोलमा लाग्ने म्यागजिन एक थान, गोली दुई थान बरामद भएको छ। सँगै प्रहरीले थ्री नट थ्री राइफलको गोली एक थान, खोका एक थान, एसएलआर राइफलको ६ थान खोका, रातो र कालो तार चार मिटरसहित एउटा निलो झोला बरामद गरेको प्रवक्ता कोइरालाको भनाइ छ।

पेस्तोल भेटिएपछि प्रहरीले होस्टलको सुरक्षामा खटिएका चारजना सुरक्षा गार्डलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। चितवन मेडिकल कलेजको होस्टको चौरमा पेस्तोल र गोली बरामद भएपछि कलेज परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

घटनास्थललाई प्रहरीले सुरक्षाकर्मीले घेरामा राखेका छन्। प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*