Home / Feature Breaking news / सरकारले आचारसंहिता मानेनः प्रवक्ता शर्मा

सरकारले आचारसंहिता मानेनः प्रवक्ता शर्मा

दाङ, ७ मंसिर

नेपाली कांग्रेशका प्रबक्ता बिश्वप्रकाश शर्माले सरकार निर्वाचन प्रति गम्भिर नभएको वताएका छन ।

रिपोर्टर्स क्लब दाङले दाङको शान्तिनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेश प्रबक्ता शार्माले सरकार आचार संहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाइ निर्वाचन  आचार संहिता विपरीत गतिबिधि गर्न लागाउनु दुखद घटना भएको  वताए ।

उनले प्रधानमन्त्रीले यो समयमा मन्त्री परिवर्तन गर्नुपनि निर्वाचन आचारसंहिता विपरित भएको उनको भनाई छ ।

दाङबाट प्रधानमन्त्री केपी शर्मावलीको ध्यानाकर्षण गराउदै उनले भने ‘निर्वाचन आचार संहिताको पालना सबै पक्षबाट हुनु पर्छ त्यसको लागि नेपाली काँग्रेश सधै तयार रहेको छ ।’ निर्वाचन प्रभाब पार्ने खालका गतिबिधिलाई तत्काल रोक्न नेकपाको दुईतिहाई सरकारलाई आग्रह समेत गरे ।

लिपुलेकको विषयलाई लिएर देश एक भएको वेला सरकार सिमाबाट भारतिय सेना हटाउने कुटनितिक पहल गर्न नसकेका भन्दै सरकारको गम्भिर ध्याकर्षण समेत
वनाए ।
बरु रास्ट्र बादि कुरा गरेर चुनाव जितेको नेकपा सरकार आज देशको सिमा मिचिदा पनि भारतिय सेना हटाउन कुटनितिक पहल नगरि जनताको ध्यान मोड्नतर्फ लागेको वताए ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शर्माले नेपाली काँग्रेशका सभापति शेर बहादुर देउवाले भारतिय राजदुत संग सिमा मिचिएको विषयमा फोन मार्फत प्रश्न गरेर सोध्दा समेत दुई तिहाई भएको सरकार यो विषयमा गम्भिर भएर अघि बढ्न नसेको वताए ।

नेकपाको सरकारले यो विषयलाई लिएर दिल्लीसंग तत्काल छलफल गर्न सक्नु पर्ने वताए । सिमाको विषयलाई लिएर प्रतिपक्ष काँग्रेश सरकारको समर्थनमा रहदा पनि दुईतिहाई सरकार गम्भिर नदेखीनु र कुटनितिक पहल नथाल्नु दुखद भएको उनले वताए ।

शर्माले यो उपनिर्वाचनमा जनतासंग नेकपाले मतदान माग्ने कुनै आधार नभएको बताउदै सरकारको गतिबिधि लाई सच्चाउनको लागि नेपाली काँग्रेशको पक्षम मतदान गर्न उनले आग्रह समेत गरे । कार्यक्रमको सहजिककरण क्लबका उपाध्यक्ष बालाराम खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*