Home / Feature Breaking news / दाङमा टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु

दाङमा टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु

शिवराज खनाल
लमही, ५ मंसीर

दाङमा भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।

लमही घोराही सडक खन्ड अन्तर्गत बेल्दमारमा रा १ ख १२७१ नम्बरको टिप्परले रा १ प ५८७ नम्बरको माेटरसाईकललाई ठक्कर दिदाँ माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा माेटरसाईकल चालक घाेराही लक्ष्मीपुरका ५८ बर्सिय बन्दुराम चौधरी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मृतक चाैधरी कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत कर्मचारी हुन् ।

स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानकाे अाैलेनीमा अायाेजित सार्वजनिक सुनुवाइ कार्यक्रमबाट फर्कने क्रममा उहाँ सवार माेटरसाइकललाइ टिप्परले ठक्कर दिएकाे प्रहरीले बताएकाे छ ।

ठक्कर दिने टिप्पर नियन्त्रणमा लिएकाे र चालक फरार रहेकाे वडा प्रहरी कार्यलय लमही ले जानकारी दिएको छ । शव लमही अस्पतालकोमा राखियको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*