Home / Feature Breaking news / महिला सामुदायिकद्वारा एक लाख बढि दान सहयोग

महिला सामुदायिकद्वारा एक लाख बढि दान सहयोग

दाङ, ६ कार्तिक

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ङक लाख बढि रकम दान गरेको छ । घोराहीमा सञ्चालन भएका दुई महायज्ञमा संस्थाले एक लाख दुई हजार तीन सय दुई रुपैया दान गरेको हो ।

घोराही उपमहानगरपालिका १५ को कर्मचारी मिलन केन्द्रमा श्री योगी आदित्यनाथ फाउण्डेशनद्वारा गौमाता रक्षार्थ आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई सरुक्षण महोत्सव–२०८०’ र घोराही उपमहानगरपालिका वडा नम्बर १८ अम्बिकेश्वरी मन्दिर जाने बाटोमा गेट निर्माणकालाथी मन्दिर परिसरमा आयोजना गरिएको ‘श्रीमदु वाल्मीकि राम कथा नवाह ज्ञान महायज्ञ–२०८०’’मा सो रकम दान गरिएको हो ।

दुई महायज्ञमा ५१ हजार १ सय ५१ रुपैयाको दरले एक लाख दुई हजार तीन सय दुई रुपैया दान गरिएको संस्थाका अध्यक्षक कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

वि.स २०५० सालमा स्थापना भएको संस्थाले स्थापनाकालदेखी नै सामाजिक क्षेत्रमा काम गर्दै आएको र धार्मीक कार्यमा पनि सहभागिता जनाउदै आएकाले यस पटक पनि महान् उद्धेश्यकासाथ आयोजना गरिएको दुबै महायज्ञमा संस्थागत रुपमा सहयोग दान गरिएको संस्थाका संस्थापक अध्यक्ष बिमला योगीले जानकारी दिनुभयो ।

‘बिजयादशमी २०८० को अवसरमा आयोजना गरिएका दुबै महायज्ञमा संस्थाले सक्दो सहयोग गरेको हो’ योगीले भन्नुभयो–‘संस्थाले धार्मीक कार्यमा पनि सहभागीता जनाउदै आएको छ, त्यसैको निरन्तरता स्वरुप महायज्ञमा पनि दान गरेका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*