Home / Feature Breaking news / दाङ आईटिएफ तेक्वान्दोलाई एक स्वर्णसहित चार पदक

दाङ आईटिएफ तेक्वान्दोलाई एक स्वर्णसहित चार पदक

दाङ,२६ बैशाख । प्रदेश नं.५ को रुपन्देहीमा भएको प्रथम प्रदेशस्तरिय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोमा दाङ आईटिएफलाई एक स्वर्ण पदकसहित चार पदक जितेको छ ।

यहि बैशाख २३ गतेखि २५ गतेसम्म रुपन्देहीमा भएको प्रतियोगितामा दाङकी सरिता नेपालीले आइटिएफ तेक्वान्दोमा गोल्ड मेडल जितेकी हुन । प्रतियोगितामा ४०–४५ केजी तौल समूह अन्तर्गत पाल्पाकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन । स्वर्ण पदक जितेकी नेपालीले प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्राप्त गरेकी हुन ।

itff

त्यस्तै प्रतियोगितामा ४५–५० तौल समूहमा महिलातर्फ अश्मी पुन तेश्रो स्थान प्राप्त गरिन । ४५–५० तौल समूह अन्तर्गत डिल्लीराज बस्नेत र ५०–५५ तौल समूह अन्तर्गत दाङकै खेलाडी पवन वली तेश्रो स्थान हुन सफल भएको प्रशिक्षक भिम बहादुर थापाले जानकारी दिए । प्रतियोगिताका बिजयी खेलाडीहरुले प्रमाणपत्र, मेडल र नगर प्राप्त गरेका थिए । प्रतियोगिताका बिजयी खेलाडीहरुलाई प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार प्रदान गरेका थिए ।

itff

प्रतियोगितामा प्रदेश नं. ५ का १२ जिल्लाका ४८ खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रत्येक जिल्लावाट २ जना पुरुष र २ जना महिला गरि चार जना खेलाडीहरुको सहभागिता रहेको थियो । त्यस्तै दाङवाट कोचका रुपमा भिमबहादुर थापा र व्यवस्थापकमा दाङ आईटिएफका अध्यक्ष समेत रहेका प्रेम बुढा रहेका थिए ।

त्यस्तै प्रतियोगिताका ६ वटा खेलमा ३ स्वर्ण, ८ कास्यसहित दाङले दोश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिताको २३ गते मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए ।

kheladi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*