Home / Feature Breaking news / इन्टर स्कूल क्रिकेटको उपाधि पद्मोदयलाई

इन्टर स्कूल क्रिकेटको उपाधि पद्मोदयलाई

दाङ,१९ असोज । इन्टर स्कुल कप क्रिकेट प्रतियोगिताको उपाधि घोराहीमा रहेको पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयले जितेको छ । दंगाली स्पोर्टस एकेडेमीद्धारा आयोजित इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा माउण्ट भ्यू इग्लिस बोर्डिङ स्कुललाई हराउँदै पद्मोदय स्कुल बिजयी भएको हो ।

घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानमा भएको फाइनल खेलमा घोराहीको माउन्ट भ्यू इग्लिस बोर्डिङ स्कुललाई ३१ रनले हराउँदै पद्मोदयले उपाधि हात पारेको हो । टस जितेर व्याटिङ रोजेको पद्मोदयले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०९ बनायो । पद्मोदयको व्याटिङतर्फ कप्तान आशिष वलीले २१ रन र सचिन केसीले ४२ रनको योगदान दिए । माउन्टभ्यूको बलिङतर्फ अक्षकुमार रावतले ४ ओभरमा २२ रन दिदै ३ विकेट लिए भने आकर्ष पाण्डेयले ४ ओभरमा १० रन दिदै २ विकेट लिएका थिए ।

११० रनको बिजयी लक्ष्य पछ्याउने क्रममा माउण्ट भ्यू १७ ओभरमा सवै विकेट गुमाउँदै ६८ रनमा समेटिन पुगेको थियो । जसमा व्याटिङतर्फ आकर्ष पाण्डेयले २२ रनको योगदान दिए भने आकाश चौधरीले १४ रनको योगदान दिए । बलिङतर्फ पद्मोदयका कप्तान आशिष वलीले ४ ओभरमा १० रन दिदै ५ विकेट लिए भने विकटविक्रम शाहले ३ ओभरमा २० रन दिदै २ विकेट लिए ।

उपाधिसँगै पद्मोदयले नगद ३५ हजारसहित ट्रफि,मेडल र प्रमाण जितेको छ भने उपविजेता माउन्ट भ्यू इग्लिस बोर्डिङ स्कुलले १५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र जितेको छ । दंगाली स्पोर्ट एकेडेमीका अध्यक्ष सुशान्तसिंह थापाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन गरिएको थियो ।

समापन काक्रममा प्रमुख अतिथि पाण्डेयले बिजेता र उपबिजेतासहित प्रतियोगिताका बेष्टवलर किरण विक, बेष्ट यूकेटकिपर बिर्सप सेन्चुरी, म्यान अफ द सिरिज आशिष वली, बेष्ट व्याट्स म्यान,बेष्ट फिल्डर र सर्वाधिक छक्का प्रहार गर्ने प्रभाकर चन्द ठकुरीलाई सम्मानसँगै पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*