Home / Feature Breaking news / हिन्दु विद्यापीठमा पृथ्वी जयन्ती मनाइयो

हिन्दु विद्यापीठमा पृथ्वी जयन्ती मनाइयो

दाङ, २७ पुस । घोराही उपमहानगरपालिका-१५ घोराही स्थीत हिन्दु बिद्यापीठ नेपालले एक कार्यक्रमको आयोजना गरेर पृथ्वीनारायण शाहको ३०१औं पृथ्वी जयन्ती तथा समर्पण दिवस मनाएको छ ।

बिद्यालयका प्राचार्य डा भोलानाथ योगीको अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य रामदयाल गुप्ताको प्रमुख आथित्यमाभएको कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।
सहभागीले नेपालका निर्माता पृथ्वीनारायणलाई सबैले सम्झनु पर्ने बताएका थिए । पृथ्वीनारायण शाहलाइ अहिले राज्यले समेत सम्मान गरेको भन्दै उनीहरूले धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले पृथ्वीनारायण शाहको बारेमा चित्रकला प्रदर्शन र कबिता बाचन गरेका थिए । उत्कृष्ट चित्रकला बनाउने बालबालिकालाई पुरुस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका सह प्राचार्य मधुसूदन पन्त, समाजसेबी अशोक लोहनी,पत्रकार गोबिन्द खडका, शिक्षक सागर दाहाल,शोभा पोख्रेललगाएतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक पिताम्बर रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*