Home / Feature Breaking news / दाङका ईट्टा उद्योगमा छ्याप–छ्याप्ती बाल श्रमीक

दाङका ईट्टा उद्योगमा छ्याप–छ्याप्ती बाल श्रमीक

दाङ, २४ जेठ

दाङका ईट्टा उद्योगहरुमा बाक्लो रुपमा बालश्रमीकहरु रहेको पाईएको छ । जिल्लामा रहेका ईट्टा उद्योगहरुमा बाक्लो रुपमा भारतिय एवं नेपाली बालबालिकाहरु श्रमीकको रुपमा रहेको पाईएको हो । यहाँका धेरैजसो ईट्टा उद्योगहरुमा बाक्लो रुपमा श्रमीकहरु रहेको भेटिएको छ । उनीहरु कडा श्रममा प्रयोग भएका छन् । धेरैजसो भारतिय बालबालिकाहरु नेपालमा आएर कडा श्रम गर्न बाध्य भएको पाईएको छ ।

बालश्रम अन्त्य गर्ने शिर्षकमा आजभोली आर्थिक वर्षको अन्त्यतिर गोष्ठी एवं अन्तरक्र्रिया कार्यक्रम भईरहेका छन् । तर यी बालश्रमीकसम्म कसैको नजर नै पुग्न सेकेको छैन । दाङमा रहेका ईट्टा उद्योगमा बाल श्रमीक रहेको बारे बालबालिकाको क्षेत्रमा काम गर्ने एनजिओ, स्थानीय तह एव जिल्ला प्रशासन बेखबर नै छ ।

ईट्टा उद्योगमा बालश्रमीक भएको बारे प्रशासनलाई कतैबाट पनि जानकारी नआएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ बताउछन् । उनले यस विषयमा बुझेर अगाडी बढ्ने बताए । जिल्लामा २७ वडा चिम्नी ईट्टा उद्योग र ६० वटा भुसे ईट्टा उद्योग रहेका छन् । दाङ जिल्ला लाई बालमैत्री जिल्ला घोषणाको तयारी भईरहेको छ । जिल्लाको साविकका सौडियार र धर्ना गाविस बालमैत्री गाविस घोषणा भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*