Home / Feature Breaking news / भाडाको गाडीमा गाँउपालिकाको वार्षीक लाखौ बजेट खर्च

भाडाको गाडीमा गाँउपालिकाको वार्षीक लाखौ बजेट खर्च

दाङ, २४ जेठ
दाङका ५ स्थानीय तहले निजी गाडी भाडामा लिएर प्रयोग गर्ने गरेका छन् । स्थानीय तहमा आफ्नो गाडी नहुदा अध्यक्ष निजी गाडीमा चढ्छन् । दाङका स्थानीय तहले निजी गाडी भाडामा लिएर चढ्ने गरेका छन् । जिल्लामा रहेका ५ वटा स्थानीय तहमा आफ्नो सरकारी गाडी नहुदा निजी गाडी भाडामा लिएर चढ्ने गरेका छन् ।

जिल्लाको बबई, शान्तिनगर, राजपुर, बंगलाचुली र दंगीशरण गाँउपालिकाका अध्यक्षहरु निजी गाडी प्रयोग गर्ने गर्छन् । जसले मासिक रुपमा अध्यक्ष चढ्ने गाडीको भाडा ईन्धनबाहेक ५० हजारदेखी डेढ लाखसम्म खर्च गर्ने गरेका छन् । यो आफूहरुको रहर नभई बाध्यता भएको गाँउपालिकाका प्रमुखहरुको भनाई छ । आन्तरिक व्यवस्थापनबाट गाडी प्रयोग गर्ने गरेको उनीहरुको भनाई छ ।

दाङका १० स्थानीय तहमध्य दुई उपमहानगरपालिका, १ नगरपालिका र २ गाँउपालिकाकामा आफ्नै साधन छ भने बाँकी ५ गाँउपालिकामा गाडी नहुदा निजी गाडी भाडामा लिएर चढ्ने गरेका छन् । प्रमुख चढ्नकालागि गाडीमा चर्को खर्च गरेपनि वडा अध्यक्षहरुले पनि आफूहरुले कुनै सवारी सुविधा नपाएको भन्दै गुनासो गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*