Home / Feature Breaking news / बबईमा मनपरि भयोः कांग्रेस

बबईमा मनपरि भयोः कांग्रेस

दाङ, २३ जेठ
बबई गाँउपालिकाको विभिन्न स्थानमा अवैध उत्खनन् भईरहेको गाँउपालिकाबासीहरुले बताएका छन् । गाउपालिकाको वडा नं ५ खयर भट्टी लगायतका स्थानमा हुदै आएको अबैध गीट्टी, ढुंगा, वालु्वा उत्खनन् निकासी भईरहेको भन्दै नेपाली कांग्रेस बबई गाँउपालिकाले आज घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

जिल्ला समन्वय समिति बाट प्रेषीत पत्रसंख्या चलानी नं १८६० द्धारा बबई गाउपालिका बस्ने गजराज वालनको नाममा बाके राष्ट्रिय निकुन्ज सँग जोडिएको प्रतिबन्धित क्षेत्र बबई गाउपालिका ५ मा रहेको बबई नदिबाट २ हजार घनमिटर ग्वार खोला तट्बन्धन र तुल्सीपुर उपमहानगरपालिका १२ रझेनाको तटबन्घनको लागीवाईवा कन्ट्रसनलाई ढुङगा ओसार्ने अनुमति दिएको तर स्थानीय तहबाट विना अनुमति ढुङगाको उत्खनन् भएको भन्दै नेपाली कांग्रेस बबई गाउपालिकाले आफ्नो गम्भीर ध्यानआकर्षण भएको कांग्रेस बबई गाउपालिकाका संयोजक बलबहादुर बुढाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

चरम दुरुपयोग भैरहेको स्थानीय सरकार ईलाका वन जिल्ला प्रशासन एवं प्रहरी प्रशासन र स्थानीय तहले नियन्त्रण गर्नु साटो पक्षपोषण गरेको नेपाली कांग्रेस बबई गाउपालिकाका संयोजक बलबहादुर बुढाले पत्रकार सम्मेलनमा आरोप लगाउनुभयो । त्यस्तै बबई गाउपालिकाका रहेका ऐतिहासिक महव्व तथा पहिचानसंग जोडिएको सार्वजनिक स्थानको नामाकरण नेपाल कम्यूनिष्ट पार्टिका नेता तथा व्यक्तिको नामबाट गरिएको पनि संयोजक बुढाले जानकारी गराउनु भएको थियो ।

पत्रकार सम्मेलनमा बबई गाँउपालिकामा रहेको पुरन्धारा छहराको प्रचारप्रसारको नाममा पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलको उपस्थितिमा भएको आन्तरक्रिया कार्यक्रममा बबई गाँउपालिकाले विकास बजेटबाट कटौति गरेर ५ लाख रुपैया खर्च गरेको बुढाले जानकारी दिनुभयो । पत्रकार सम्मेलन हुनुपूर्व नेपाली कांग्रेस बबई गाँउपालिकाले जिल्ला समन्वय ससिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*