Home / समाचार / कांग्रेस घोराही–५ द्धारा वडा भेला तथा शुभकामना आदानप्रदान

कांग्रेस घोराही–५ द्धारा वडा भेला तथा शुभकामना आदानप्रदान

दाङ,२३ कार्तिक । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ५ इकाई समितिले वडा भेला तथा शुभ दिपावली, छठ पर्व र नेपाल संम्वतको अवसर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस घोराही–५ का इकाई सभापति बिष्णुमणि दाहालको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य बिमला नेपालीको प्रमुख आतिथ्यता एव नेपाली कांग्रेसका नेता नेमकान्त दाहाल (गुरु) बिशिष्ट आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले कांग्रेसलाई संगठित र व्यवस्थीत पार्टीका रुपमा अघि बढाउनका लागि गुटगत राजनीति त्यागेर एकतावद्ध रुपमा अघि बढ्न नेताहरुलाई आग्रह गरेका थिए । नेतृत्वको लडाईका कांग्रेस कमजोर हुने भन्दै उनीहरुले सहमतिमै नेतृत्व चयन गरेर अघि बढ्न नेताहरुलाई आग्रह गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष समेत रहेका नेपाली काग्रेस वडा नं. ५ का इकाइ सभापति बिष्णुमणि दाहालले वडा पार्टी कार्यालय स्थापनाका लागि एक कट्ठा जग्गा पार्टीलाई दिने घोषणा गरेका थिए । उनले पार्टीलाई व्यवस्थीत, संगठित रुपमा अघि बढाउनसँगै नेता तथा कार्यकर्ताहरुका लागि भेटघाट गर्न सहज हुने गरि पार्टी कार्यालय निर्माण गर्ने उद्देश्य अनुसार घोराही उपमहानगरपालिका–५ भम्कीमा रहेको करिव दश लाख बराबरको एक कट्ठा जग्गा दिने घोषणा गरेका हुन ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा नेपाल शिक्षक संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार योगी, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य कृष्ण गिरी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय प्रतिनिधि पवन नेपाली, साविक धर्ना गाविका पूर्व उपाध्यक्ष खड्गबहादुर विश्वकर्मा, नेपाल दलित संघका जिल्ला उपाध्यक्ष प्रकाश नेपाली, जिल्ला सचिव शंम्शेर नेपाली, क्षेत्रीय सचिव पदम नेपालीलगायतले शुभकामना मन्तव्य तथा १४ औं महाधिवेशनका शन्दर्भमा धारणा राखेका थिए ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ५ का उपसभापति कृष्ण भण्डारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव भिउसनकुमार योगीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, जिल्ला सदस्य, क्रियाशिल सदस्य तथा सुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*