Home / Feature Breaking news / कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १२ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १२ बर्षपछि पक्राउ

दाङ,२३ कार्तिक । दाङमा प्रहरीले कर्तव्य जान मुद्धाका एक जना फरार प्रतिवादीलाई १२ बर्षपछि पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतबाट २०६६ साल बैशाख २७ गते कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद फैसल्ला भैइ फरार रहेका देउखुरी राप्ती गाउँपलिका वडा नं. ३ बसन्तपुर निवासी ६४ बर्षीय जग्गु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतको फैसल्लापछि फरार रहदै आएका चौधरीलाई कार्तिक २० गते कपिलवस्तु जिल्लाको वारगंगा नगरपालिका वडा नंं २ लखिपारामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका चौधरीलाई सोमवार प्रहरीले जिल्ला अदालत बुझाएको थियो । अदालतले कैद भुक्तानका लागि प्रतिवादीलाई कारागार पठाएको छ ।

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

यसैविच प्रहरीले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । दाङ देउखुरी जिल्ला अदालतबाट २०७३ भदौ २६ गतेको सामुहिक जवरजस्ती करणी मद्धुामा १० वर्ष ३ महिना १७ दिन कैद सजाय फैसला भई फरार रहेका राप्ती गाउँपालिका–३ मसरिया निवासी २८ बर्षीय सुभुास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा लुकिछिपी बसेको अवस्थामा कार्तिक १७ गते प्रहरीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय भुक्तानका अदालत प्रहरीले बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*