Home / मनोरञ्जन / पुस २७ देखि लावाजुनी प्रदर्शन हुने

पुस २७ देखि लावाजुनी प्रदर्शन हुने

दाङ, २५ पुस । कम्लरी विषयवस्तुमा आधारित नेपाली सामाजिक चलचित्र लावाजुनी पौष २७ देखि घोराहीमा प्रदर्शन हुने भएको छ । घोराहीको मन टावरस्थित मनकाशी सिने प्लेक्समा लावाजुनी प्रदर्शन हुने भएको हो ।

संचारकर्मी केएल पीडितको लेखनरनिर्देशन र गेहेन्द्र बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र लावाजुनीमा चलचित्रमा थारु चेलीहरुले कम्लरी बस्दा भोग्नुपरेका दुर्व्यवहार र उत्पीडनका साथै उनीहरुको मुक्तिको सपना र संघर्षलाई चित्रण गरिएको छ ।

चलचित्रमा छबिलाल कोपिला, सुशीला चौधरी, अनिता महतारा, ज्वाला देवकोटा, बर्षा लम्साल, सुप्रीया देवकोटा र निश्मा वलीको अभिनय रहेको छ ।

चलचित्र जाँच केन्द्रीय समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको लावाजुनीमा संतोष श्रेष्ठको संगीत रहेको छ भने कोमल वली, सतिष राजभण्डारी, स्वीकृति डिसी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको छ । चलचित्रका छायाँकार तिलक गौतम हुन भने मेक बहादुर थापाले चलचित्र संपादन गरेका हुन् ।

पहल नेपालको ब्यानरमा निर्माण भएको लावजुनीको रिना खड्का बस्नेत, बसन्तराज भट्ट पद्मा लम्साल, संझना जिएम, शारदा बुढाथोकी र टोपबहादुर जिसी निर्माता हुन् । लावाजुनी मौलिक, कलात्मक एवं सन्देशमूलक चलचित्र भएको हुँदा एकपटक हेरिदिन निर्देशक पीडितले सबैलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*