सरिता चौधरी
तुलसीपुर,१४ साउन । पश्चिम दाङको धनौरी स्वास्थ्य चौकीमा सत्केरी गराउने महिलाहरुको संख्या बढ्दै गएको छ । स्वास्थ्यचौकीमा गत आर्थिक वर्ष २०७५–०७६ मा ३८ जना महिलाहरु सुत्केरी भएका छन् ।
स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलाहरु मध्य जनजाति र दलित समुदायका महिलाहरु धेरै रहेको धनौरी स्वास्थ्य चौकिका प्रमुख हरिश डिसीले जानकारी दिएका छन । स्वास्थ्य चौकीमा गत आर्थिक वर्षमा १९ जना जनजाती,७ जना दलित र अन्य गरि जम्मा ३८ जना महिलाहरुले सुत्केरी सेवा लिएका थिए ।
सुत्केरी सेवा लिनेमा २० वर्ष मुनिका ४ जना महिलाहरु सुत्केही भएका छन । स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने विशेष गरी २० देखि २८ वर्ष उमेर समुहका महिलाहरु बढि रहेका छन् ।
आर्थिक वर्ष २०७४–०७५ मा सूत्केरी गराउने महिलाको सङख्या ३९ जना रहेको थियो । नर्मल डेलीभरी अर्थात सामान्य अबस्थाका सुत्केरी यही स्वास्थ्य संस्थामा गराउने र जटिल अवस्थाका सुत्केरीहरुलाई तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा रेफर गर्ने गरेको स्वास्थ्यचौकी प्रमुख डिसीले जानकारी दिए ।
सुत्केरी हुने महिलाहरुलाई ४ पटक गर्भवती जाँच गराए वापत ८ सय रुपैया, स्वास्थ्य संस्थामा सुत्केरी गराए वापत १ हजार गरी १८ सय रुपैया दिदै आएको छ । आमाको लागि कार्बोहाईडेट युक्त भएको दश मुला भिटामिन शान्तिनगर गाँउपालिकाकाले सुत्केरी हुन आउने महिलालाई दिने गरेको छ ।
नेपाल सरकारले सबै स्वास्थ्य संस्थाहरुमा विगत ३ वर्षदेखि पिएमसी सेवा अर्थात राष्ट्रिय कार्यक्रम लागु गरेको छ । कार्यक्रम अन्तर्गत गर्भवति महिलाहरुलाई गर्भवति जाँच गराउन आँउदा एक पोका आयोडिन युक्त नुन दिने,गाँउमा महिला गर्भवति भएको थाहा पाएपछि फोन मार्फत स्वास्थ्य चौकिमा गर्भवति चेक जाँच गराउन आउनको लागि जानकारी गराउने, ४ पटक गर्भ जाँच गराउन आउने महिलाहरुलाई ४ पटक नै आयोडिन युक्त नुन दिने गरेको प्रमुख डिसीले बताए ।
पिएमसी कार्यक्रम अन्तर्गत सुत्केरी भएको ३ दिन र ७ दिनमा प्रत्येक महिलाहरुको घर घरमा गई आमा र बच्चाको स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थाबाट अनमीका नर्सहरु जाने गरेको स्वास्थ्यचौकीले जनाएको छ ।
धनौरी स्वास्थ्य चौकीले सुत्केरी गराउन आउने महिलाहरुलाई घर सम्म पुग्नको लागि निःशुल्क एबुलेन्स सेवा उपलब्ध गराउने गरेको छ । स्वास्थ्य चौकीमा मासिक ३ र ४ जना महिला सुत्केरी गराउन आउने गरेका छन । सुत्केरी गराउनकालागि स्वास्थ्यकर्मी तथा सेवा उपलव्ध रहेको समेत बताए ।