Home / भिडियो / पत्रकार केएलले ल्याए सन्देशमूलक तीजगीत (भिडियो)

पत्रकार केएलले ल्याए सन्देशमूलक तीजगीत (भिडियो)

दाङ, १५ साउन ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले सन्देशमूल तीजगीत सार्वजनिक गरेका छन् ।

‘बनाऔं नयाँ जीवन संस्कृति’ बोलको तीजगीत उनले मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरेका हुन् ।

पहल नेपालको प्रस्तुती रहेको यस गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सद्भाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ ।

चलचित्र ‘लालसलाम’की नायिका प्रेमा गैरे सहित यसगीतमा ऋचा बुढाथोकी र अञ्जु बस्नेत सहितका कलाकारहरुले नृत्य गरेका छन् । पीपल चौतारामा खिंचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।

संचारकर्मी बुढाथोकीको शब्द र निर्देशन रहेको यस गीतका संगीतकार संतोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतम हुन् भने स्वर भूमिका अविरलको रहेको छ ।

मोडल एवं नृत्य प्रशिक्षक ऋचा बुढाथोकीको कोरियोग्राफी रहेको यस गीतको छायाँकन कृष्ण जीएम र सम्पादन मेक बहादुर थापाले गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*