Home / Feature Breaking news / दंगीशरण गाउँपालिकामा कांग्रेसका गिरी र वली विजयी

दंगीशरण गाउँपालिकामा कांग्रेसका गिरी र वली विजयी

दाङ, ३ जेठ । दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शम्भु गिरी अध्यक्ष र पिमा खड्का वली उपाध्यक्षमा निर्वाचित भएका हुन ।

गिरीले ५ हजार ४६७ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहलाई १ हजार ४१८ मत अन्तरले पराजित गर्दै बिजयी भएका हुन । एमालेका शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७८३ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी खड्का वलीले २६८ मत अन्तरले दोश्रो पटक निर्वाचित भइन् । वलीले ४ हजार ५७९ मत प्राप्त गरेकी छिन् । उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८४६ मत पाएकी छन् । दंगीशरण गाउँपलिकाका ७ वडाहरु मध्य ४ वडाहरु एमाले र ३ वडाहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*