दाङ,२२ भदौ । कोरोना भाइरसका ९ सय ७९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ भने सोमवारसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३० हजार ६७७ जना डिस्चार्ज भएका छन् । २० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ७१ जना आईसीयूमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
यसैविच नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । सोमवार देशभर थप ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।