Home / Feature Breaking news / टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

घोराही, २७ कार्तिक
घोराही–तुलसीपुर सडकखण्डका सर्रामा टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार घोराही १६ का २९ बर्षीय तेजबहादुर खत्रीको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

खत्री मोटरसाईकलमा सवार यात्रु हुन् । चालक सामान्य घाईते भएका छन् ।

मोटरसाईकले टिप्परलाई ओभरटेक गर्न खोज्दा मध्याह्न ११ बजेर ५५ मिनेटमा घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । शव अहिले घटनास्थल मै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*