Home / Feature Breaking news / पत्रकार आचार्यलाई पित्रृ शोक

पत्रकार आचार्यलाई पित्रृ शोक

दाङ,२८ कार्तिक । प्रेस युनियन दाङका सदस्य पत्रकार अमरराज आचार्यलाई पित्रृ शोक परेको छ। गोरक्ष दैनिकमा कार्यरत आचार्यका बुवा घोराही उपमहानगरपालिका– १८ निबासी मनिराम आचार्यको गएराति निधन भएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ५३ बर्षिय आचार्यको मंगलवार राती निधनको परिवारले जनाएको छ । आचार्यका एक छोरा र दुई छोरी छन । स्वर्गीय आचार्य केही बर्षदेखि ब्रेन ट्युमर रोगका कारण बिरामी थिए । आचार्यको आज घोराही उपमहानगरपालिका–१८ स्थीत शंखेपिपल स्थीत शवदाह गृहमा अन्त्येष्ठी गरिएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरमा छोरा अमरराज आचार्यले दागबत्ति दिएका थिए ।

अन्त्येष्ठिको क्रममा स्वर्गीय आचार्यको पार्थिव शरीरमा नेपाली काग्रेसको झण्डा ओढाईएको थियो । नेपाली काग्रेसका क्रियाशिल सदस्य समेत रहेका आचार्यको शरीररमा नेपाली काग्रेस सचिव शंकर डागी, क्षेत्रीय सचिव बद्री खड्का,क्षेत्रीय सभापति गिरिराज सुवेदी, नेपाली काग्रेस घोराही नगर सभापति मनोज बुढाथोकीलगायतका नेताहरुले झण्डा ओढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*