Home / Feature Breaking news / अख्तियारद्वारा ५० हजार घुससहित रोल्पाबाट इन्जिनियर नियन्त्रण

अख्तियारद्वारा ५० हजार घुससहित रोल्पाबाट इन्जिनियर नियन्त्रण

दाङ,२५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले मोटरबाटो निर्माण योजनाको नापी किताब बिल तयार गरिदिए बापत सेवाग्राहीसँग लिएको घुससहित गंगादेव २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । उनको बारेमा थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*