Home / Feature Breaking news / चट्याङ लागेर दाङमा २ जनाको मृत्यु, दर्जन बढी घाइते

चट्याङ लागेर दाङमा २ जनाको मृत्यु, दर्जन बढी घाइते

घाेराही, १५ भदाै

चट्याङ लागेर दाङमा दुई जना महिलाको मृत्यु भएकाे छ भने करिब १ दर्जन घाईते भएका छन् ।

तीजको नाचगान भैरहेको समयमा चट्याङ पर्दा घोराही उपमहानगरपालिका-१२ गुरौ गाँउका २ जना महिलाको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयाे ।
मृत्यु हुनेहरूमा साेही ठाँउ निवासी १६ बर्षका दीपा घर्ति र १९ बर्षका माेनिसा शाह रहेकाे स्थानीयबासीले जानकारी दिएकाे छ ।
पहाडी क्षेत्र भएकाले घटनास्थल तर्फ वडा अध्यक्ष र प्रहरीकाे टाेली जादै गरेकाे उहाँले जानकारी दिनुभयाे । गाउलेहरू स्थानीय सालडाडा भन्ने स्थानमा नाचगान गर्दै गर्दा चट्याङ परेकाु थियाे ।
चट्याङ लागेर अन्य १०/१२ जना घाईते भएकाे प्रारम्भिक सुचना आएकाे प्रहरीले जानकारी दिएकाे छ । घाईतेहरूमध्य २ जनाकाे अवश्था गम्भिर रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*