Home / Feature Breaking news / दाङमा जमराको जुस स्वास्थ्यका लागि लाभदायक

दाङमा जमराको जुस स्वास्थ्यका लागि लाभदायक

दाङ,२७ असार । दाङको घोराहीमा पहिलो पटक अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौंको जोरपाटीस्थित सिता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानियको माग र स्वास्थ्यको समवेदनशिलतालाइ मध्यनजरगर्दै सो प्रालिले जमरा जुस उत्पादन सुरु गरेको हो ।

व्यवसायीक फाइदा भन्दा माथि रहेर स्वास्थ्यको समृद्धिकालागी उद्योग सन्चालनमा ल्याएको प्रालिले जनाएको छ । घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसहरुको संङख्या बढ्दै गएको प्रा.लि.प्रमुख बालिका लामिछानेले बताइन् । पहिलो समय दैनिक करिव ४० जनासम्म दैनिक रुपमा जमराको जुस खान मानिसहरु आउने गरेको लामिछानेले बताइन । ‘दाङमा जमराको जुस उत्पादन गरेर बिक्री शुरु गरेको करिव एक महिना भयो’,लामिछानेले भनिन,‘ सञ्चालनमा आएसँगै दिनहुन जमराको जुस खाने मानिसहरु आईरहेका छन ।’ उनका अनुसार प्रति गिलास एक सय २५ रुपैयाँमा जुस बिक्री भइरहेको छ । यो जुसबाट मुटु,प्रेसर, सुगर, थाइराइड, अल्सर, ग्याष्टिूक लगायतका क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको उनी बताउछन ।hahhaha

बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक उर्जा प्रदान गर्नुृका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ । जमराको जुस बनाउनका लागि कहिले पनि रासायनिक मल प्रयोग नगरिएको माटो र गाईको गोवर प्रयोग गरिने गरेको सञ्चालक लामिछाने बताउछिन । सामान्यतया जमरा राखेको ९ दिनमा जुस बनाउन सकिने गरेको उनको भनाई छ । जथाभावी रासायनीक मल प्रयोग गरेर जमरा उत्पादन गरेर जुस बनाए त्यसले फाइदा नदिनका साथै किड्नीमा समेत असर पु¥याउने लामिछाने बताउछिन ।

उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेहरुको विहानमा भीडभाड हुने गरेको छ । सुरु सुरुमा जमरा उत्पादनका लागि आवश्यक तापक्रम मिलाउन नसक्दा उत्पादनमा कम हुदा केही दिन जुस बनाउन रोक्नु परेको उनी बताउछिन । विरामीहरुले नियमित तीन महिनासम्म जुस खाएमा मुटु,प्रेसर, सुगर, थाइराइड, अल्सर,ग्याष्टिूक लगायतका रोगहरु सन्चो हुने उनको दावि छ ।

लामिछानेले यहि सम्वन्धी ज्ञान लिनका लागि आफुले करिव एक बर्ष काठमाण्डौमा बसेर तालिमसँगै प्रालिको केन्द्रीय कार्यालयमा जमराको जुस बनाउने काम समेत गरिन । प्रालिको शाखा भएकाले काठमाण्डौं र दाङको मुल्यमा एक रुपता राखेको उनले वताइन् । दाङमा गहु र जौको जुस बनाउने बनाउने गरेकी छिन । अहिले प्रालिको जमरा उत्पादन केन्द्रमा बिरामीहरुसँगै बिरामी नहुने मानिसहरु समेत जुस पिउन जाने गरेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*