Home / Feature Breaking news / घुसको तागत

घुसको तागत

विपुल पोख्रेल

पत्रकारिताले सधै तथ्य र प्रमाण खोज्छ । यी दूई कुराको अभावमा लेखिने समाचारहरुले नै पत्रकारिताप्रतिको बिश्वसनीयता घटाउने हो । तर पनि कुनै समय यस्तो आउँदो रहेछ, जतिबेला तथ्य र प्रमाण खोज्ने अनी त्यसलाई खुलासा गर्ने भन्दा पनि भावना लेखेर बस्नु पर्ने रहेछ ।

यहाँ यस्तै भावना कोर्दैछु । यो भावनासंग धेरैको भोगाइ मेल खाने कुरामा म बिश्वस्त छु । यस्ता व्यतिथिहरु पाइलै पिच्छे भेटिन्छन् तर पर्याप्त प्रमाणका अभावमा लेखिदैनन् ।

श्रीमान श्रीमतीसंगै हुनु उनीहरुको अधिकार हो । राज्य अभिभावक हो भने, यो कुरामा राज्यले पनि उदार नीति बनाएर सहयोग पु¥याउनु पर्ने हो । दुबै जना काममा छन् भने सैगै बसेर काम गर्ने वातावरण निर्माण गर्न राज्य उदार हुनु पर्ने हो । यो आम चाहना हो, र हुनु पर्ने पनि यही हो ।

मेरा एकजना साथी काठमाडौमा बसेर काम गर्छन । उनकी श्रमती प्रदेश नं।७ ९तत्कालिन सुदुरपश्चिम०मा शिक्षिका थिइन् । ती साथीले श्रीमतिको सरुवा काठमाडौ गराएर संगै बस्ने प्रयास लामो समयदेखि गर्दै आए । शिक्षासंबन्धि सबै ऐन कानुनहरु र सरुवा प्रक्रियाका बारेमा उनले सबै बुझे । सबै प्रक्रिया अपनाए, तर सफल हुन सकेनन् । त्यसपछि उनी राजनीतिक नेतृत्वलाई आग्रह गर्न थाले, त्यहाँ पनि उनी सफल भएनन् । बिभिन्न शक्तिकेन्द्रमा पहुँच स्थापित गराए, तर आश्वासनमा मात्र झुलिरहे । यी सबै प्रक्रियामा म पनि कतै न कतै साक्षी जस्तो भए ।

श्रीमान श्रीमतीसंगै हुनु उनीहरुको अधिकार हो । राज्य अभिभावक हो भने, यो कुरामा राज्यले पनि उदार नीति बनाएर सहयोग पु¥याउनु पर्ने हो । दुबै जना काममा छन् भने सैगै बसेर काम गर्ने वातावरण निर्माण गर्न राज्य उदार हुनु पर्ने हो । यो आम चाहना हो, र हुनु पर्ने पनि यही हो । कानूनले पनि भन्छ कि, श्रीमान श्रीमती पाचपाचुके गर्न चाहनालाई पुष्टिगर्ने एउटा आधार उनीहरु लामो समयसंग नबस्नु पनि हो । यस्तो कानुन बनाउने राज्यले श्रीमान श्रमतीलाई सकेसम्म संगै राख्ने र कुनै पनि बाहानामा अलग हुने परिस्थिति आउन नदिने नीति पनि लिनु पर्ने हो । यो तर्कका पछाडि कत्तिको शक्ति छ भन्ने तर्फ पनि म जान चाहदैन । किनभने आज भावना मात्र यहाँ उतार्न खोजेको छु । मनमा लागेको एउटा दिग्दारी पोख्न चाहेको छु ।
आफ्नी शिक्षिका श्रीमतीलाई काठमाडौमा सरुवा गराउन चाहने ति साथी केही दिन अगाडि भेटिए । उनले भेटका खुशीको कुरा सुनाए कि, उनको श्रीमतीको सरुवा काठमाडौमा भयो । एक्लै एउटा कोठमा बस्दै आएको उनी अहिले फ्ल्याट खोज्दै छन् ।
उनले श्रीमतीको सरुवाको कहानी सुनाए । उनले नियम कानुन र प्रक्रियाका आधारमा सरुवाको प्रयास गरिरहदाँ ती नियम कानुन र प्रक्रिया पालना गर्ने गराउने जिम्मा पाएका व्यक्तिमध्यका एकजनासंग उनको तेस्रो व्यक्ति मार्फत अनौपचारिक भेट भयो । अनी नियम कानुन र प्रक्रिया मिलाउने जिम्मा उनले लिए, तर ती नियम कानुन र प्रक्रिया शुरु गर्नु भन्दा निश्चित रुपियाँ उनलाई दिनु पर्ने भयो । अर्थात घुस दिनु पर्ने भयो । उनले सोंचेछन्, यो तनाव र श्रीमतीसंग अलग बस्नु पर्ने अबस्था भन्दा घुस सानै कुरा हो । उनी देशलाई भ्रष्टाचारमुक्त गराउने, पारदर्शि गराउने, बिधिको शासन स्थापित गराउने आदर्शवचनहरुलाई एकातर्फ थन्क्याएर सौदावाजी गरे ।

अहिले उनमा कुनै पश्चाताप देखिदैन । किनभने उनी सबै नियम, कानुन, प्रक्रिया र शक्तिको पहुँच सबैको प्रयोग गरी थाकिसकेको समयमा उनलाई पुनरताजगी त्यही घुसले ल्याइदिएको छ उनी परिवारका साथ फ्ल्याटमा बस्ने सपना साकार पार्दैछन् ।

सबै कुराभन्दा माथी पैसा । पैसाले नियम कानुन प्रक्रियाहरुलाई नियन्त्रित गर्दाको अबस्थाको चित्रण । तिनै कानुन र नियमका अक्षरहरु पैसा नहुँदा निर्जिव भैदिदा रहेछन् र पैसा हुँदा गतिशिल भैदिदा रहेछन् । कानुन, नियम र प्रक्रिया कार्यान्वयन गर्ने पात्रहरुको यो महानता स्तुत्य रहेछ ।

बिचौलिया र अनी दलालको नियन्त्रणमा मुलुक पुगिसकेको कुराको एउटा दृष्टान्तमात्र हो यो घटना । हाम्रा जानकारीमा यस्ता थुप्रै घटनाहरु पक्कै छन् । सुधारको प्रारम्भ कहाँवाट गर्ने रु यो प्रश्नको सवाल एक्लै भेट्न नसक्दा यहाँ भावनाहरु पोखिएका छन् ।

नीयम, कानुन, प्रक्रिया, बिधिबिधानमात्र हैन सभ्य समाजको चरित्रलाई नै चुनौतिदिदै हावी भएको यो घुसवादको अन्त्यका लागि सबैपक्षबीच साझेदारीटतट आबश्यक छ ।
कमेरोपाटी अनलाइनवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*