Home / Feature Breaking news / काठलाई मूर्ति बनाउँदा..

काठलाई मूर्ति बनाउँदा..

दाङ । एउटा काठ । त्यही काठलाई छेककाट गरेर मूर्तिको आकार दिन्छन् । सवैले भन्छन ‘ कति राम्रो मूर्ति ।’जीवन बदल्नु छ, शुरुवात आफैबाट थाल्नुपर्छ । सम्भवत उनले पनि त्यो नै गरेका छन् । समयको माग, परिस्थितीले जहाँ जहाँ पुरायो, त्यही जीवन देखे । त्यही उभ्याए र आफुलाई जीवनमा समेत उतिर्ण गराउन सफल भएका छन् । समय र परिस्थितसँग ‘हारेको’ भए कहाँ? उनिसँग यसको उत्तर छैन । तर समय र परिस्थितसँग ‘संघर्ष’ गर्दै अघि बढेका छन र यो अंकमा पाठको लागि खुसी स्तम्भको पात्र समेत भए मुर्तिकार लालप्रसाद चौधरी ।

परिवर्तित समयसँगै यो पंक्तिकारले सुटुक्क उनको व्यक्तिगत खुसी केलाउने प्रयास गर्दा सहजै जीवनका रडहरु बाँडन तयार भए काष्ठकलाकार चौधरी । पंक्तिकारले जीवनको पहिलो खुसी बाँडन भन्दा उनले मूर्ति बनाउदाको सम्झना गरे । मूर्ति बनाउन सामान्य कुरा थिएन । बजार पनि राम्रो थिएन । तर उनले त्यही बाटो रोजे । बाल्यकालमा उनले मूर्ति बनाएनन् । तर युवा उमेरमा गएर भने एकाएक उनको रुचि मूर्ति बनाउनेतिर गयो । २०५४ सालमा उनले काठलाई मूर्तिको आकार दिने अभ्यास सुरु गरे । २०५५ सालमा राम्रै मुर्ति बनाए ।

त्यो नै मेरो जीवनको सवैभन्दा ठुलो खुसीको क्षण भएर बसको छ’ चौधरीले यो पंक्तिकारसँग भने । मूर्ति बनाउनको लागि औपचारिक शिक्षा लिएनन् । न उनका अग्रजले त्यो काम गरे । तर उनले भने त्यही काम गरे । जो उनका अग्रजले नगरेको काम । शुरु शुरुमा सवैले काम नपाएको भनेर नै भने । तर पछि राम्रो राम्रो मूर्ति बनाउँदै गए । त्यसपछि सवैले राम्रो काम भनेर प्रशंसा समेत गरे । उनले शुरुमा आफनो जातीय कला संस्कृति संरक्षणमा बल पुग्ने मूर्ति नै बनाए । किन आफनो जातीको कला संस्कृति संरक्षण गर्ने मूर्ति नै बनाउनु भयो? यो पंक्तिकारको जिज्ञासामा उनले भने ‘ थारु कला संस्कृति हराउँदै गएको थियो । नयाँ पुस्ताले हाम्रो जातीको कला संस्कृति भुल्न थालेका थिए । त्यो कारण नै मैले जातीय थारु कला संस्कृतिको संरक्षणको लागि पुर्खाहरुको नै मूर्ति बनाएको थिए’ उनले विगतको सम्झना गर्दै भने ।

मूर्ति बनाउदा बनाउँदै उनि पोख्त भै सकेका थिए । उनको नाम लाल प्रसाद चौधरीवाट मूर्तिकार लालप्रसाद भै सकेको थियो । सवैले उनको नामको अगाडी मूर्तिकारको उपमा दिएका थिए । पछि पत्र पत्रिका र अन्य सचारमाध्यममा पनि उनको नाम छाउन थाल्यो र सवै क्षेत्रमा चिनिने मौका समेत पाए । उनले दोस्रो खुसीमा आफनो नाम मूर्तिकारमा आउदाको सम्झना गरे । समय ठ्याक्कै थाहाँ छैन । तर जिल्लाबाट प्रकाशित पत्रिकामा मुर्तिकार लालप्रसाद चौधरी भनेर फोटो सहित आएको थियो । त्यो मेरो जीवनको अर्को खुसी हो ’ उनले भने ‘ काम गरेपछि सफलता मिल्दो रहेछ । सवै क्षेत्रबाट राम्रो काम भनेर प्रशसा भएको थियो ।’

जीवनभर उनले कलाको राम्रै काम गरेका छन् । उनले अझै कलाकै वकालत गर्ने गरेका छन् । कलाले नै मानिसलाई बाच्न सिकाउँछ । समाज रुपान्तरणमा पनि भूमिका खेल्ने उनको बुझाइ छ । समयसँगै आउछन् संघर्ष र अवसरका ढोका । तर ति अवसरका ढोका प्रवेश गर्नलाई संघर्ष नै आवश्यक छ । त्यो उनले पनि गरेका छन । संघर्षका पहाड चढदा चढदै धेरै अवसर पनि आए । ति अबसरलाई समेत उनले आत्मसाथ गरेका छन् । सामान्य गाउँमा मुर्ति बनाउने मान्छेले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका छन् । २०७० सालमा ललितकला प्रष्ठिानले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले पुरस्कार नै प्राप्त गरे । त्यो पनि उनको अर्को खुसीको क्षण भएको बताए ।

उनको जीवन बहुयामी गहरा जस्तै छ । कृषक, व्यवसायी र मूर्तिकार । सवैलाई समायोजन गरेकै छैन । उनले स्थानीयस्तरमा पुरस्कार, सम्मान पनि धेरै प्राप्त गरेका छन् । वडा कार्यालय र नगरपालिकाबाट पनि सम्मान र पुरस्कार प्राप्त गरेका छन् । ति सवै खुसीका क्षणहरु भएको बताए ।

घोराही उपमहानगरपालिका १६को रावतगाउँमा २०३३ साल कार्तिक २७ गते आमा लैया र बुबा बुद्धिलाल चौधरीको माइलो सन्तानका रुपमा उनको जन्म भएको थियो । उनको जीनव पनि सरल रेखामा बगेको छैन ।जीवनमा धेरै बक्र रेखा आए । तर ति बक्र रेखालाई सरल बनाउँदै अघि बढेका छन् । रावतगाउँको विद्यालयबाट औपचारिक अध्ययन थालेका चौधरीले भरतपुरमा आएर कक्षा ९ बाट औपचारिक शिक्षालाई पुर्ण विराम नै दिए । ‘घर व्यवहारको कारण कक्षा ९ मा पढदा पढदै पुर्ण विराम लगाए’ चौधरीले भने । २०५० सालमा साविक लक्ष्मीपुर हाल घोराही उपमहानगरपालिका ३ बेलुवाकि प्रिया चौधरीसँग मागी विवाह गरेका हुन ।

२ सन्तानका बुबा लालप्रसादसँग धेरै खुसीका क्षण छन् । सवै खुसी केलाउँदै जादा सिगो पुस्तक नै बन्न सक्छ । वैवाहिक जीवनमा प्रेमका रङहरुपनि धेरै छन् ।चौधरीको जीवन बहुयामी छ । चौधरीसँग धेरै खुसी छन् । जीवन संघर्षमा वितेको छ । ‘सर्घषभित्र धेरै खुसी प्राप्त गरेको छु’ उनले भने ‘ जीवन नै खुसी छ ।’
 प्रस्तुती इन्द्र डिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*