Home / Feature Breaking news / घरमा आगलागीहुँदा तीन बालबालिकाको मृत्यु

घरमा आगलागीहुँदा तीन बालबालिकाको मृत्यु

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा आगलागीमा परि तीन बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नं ८ गुराँसे निवासी नमराज पुनको घरमा आगलागी हुँदा उहाँका ७ बर्षीय छोरा कृष्ण पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हाँसीपुरका कार्यालय प्रमुख नन्दराम रानाले जानकारी दिनुभयो ।

आगलागीबाट उहाँका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन । प्रहरीका अनुसार घरमा रहेको सोलारको व्यट्री पड्डकेर आगलागी भएको हो । बिहीबार साँझ ६ बजेतिर घरमा आगो लागेको बताईएको छ ।

गाउँमा पुरुषहरु नभएको,पानीको अभाव र घटनास्थल देखि प्रहरी चौकी धेरै टाढा रहेका कारण समयमै आगो नियन्त्रणमा लिन नसक्दा धेरै मानवीय क्षती भएको ईलाका प्रहरी कार्यालय हाँसीपुरले बताएको छ ।

प्रहरी चौकी हाँसिपुरबाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै घरको आगो नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*