Home / Feature Breaking news / क्रिकेट प्रतियोगितामा गोर्खा र पद्मोदय बिजयी

क्रिकेट प्रतियोगितामा गोर्खा र पद्मोदय बिजयी

दाङ,१५असोज । घोराहीको गुलरिया क्रिकेट मैदानमा भैरहेको अन्तर विद्यालय टी–२० कप क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रवार भएका खेलहरुमा गोर्खा पव्लिक स्कुल घोराही र पद्मोदय पव्लिक स्कुल घोराही बिजयी छन ।

दंगाली स्पोर्टस एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगिताको पहिलो खेलमा गोर्खा पब्लिक स्कुल घोराहीले दिपशिखा स्कुल र दोश्रो खेलमा पद्मोदयले लिटिल एन्जल बोर्डिङ स्कुललाई हराएर बिजयी भएका हुन ।

गोर्खा पव्लिक स्कुल घोराही र दिपशिखा बोर्डिङ घोराहीविच बिहान भएको खेलमा गोर्खा स्कुल १० विकेटले बिजय भएको हो । दिपशिखाले आफ्नो सबै विकेट गुमाउदै १४ ओवरमा ४१ रन मात्र बनायो । दिपशिखाबाट रबिन केसीले ५ रनको योगदान दिएका दिए ।

गोर्खा स्कुलका अनमोल नेपालीले ३ ओवरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए भने विभव पोख्रेलले २ ओवरमा ८ रन खर्चिदै २ विकेट लिएका थिए ।

त्यस्तै ४२ रनको लक्ष्य पछ्याउदै गरेको गोर्खाले ६ ओवरमै आफ्नो कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको ब्याटिङतर्फ प्रबेश डिसीले २४ र प्रकाश थापाले ९ रनको योगदान दिएका दिए । त्यसैगरी दोश्रो खेलमा पद्मोदय पव्लिक स्कुल घोराही बिजयी भएको हो । पद्मोदय पव्लिक स्कुल र लिटिल एञ्जल स्कुल घोराहीकाविच भएको खेलमा ७ बिकेटले पद्मोदय बिजयी भएको हो ।

पहिले व्याटिङ गरेको लिटिल एन्जलका लागि अजय बञ्जाडेले १८ रन र जीवन सुवेदीले ११ रन मात्र बनाउन सके । बलिङतर्फ पद्मोदयका केरमान जिएमले ४ ओभरमा १० रन दिएर २ विकेट र जीवनले समान ४ ओभरमा १० रन दिएर १ विकेट लिए ।

पद्मोदयका तर्फबाट व्याटिङ गर्दै आशिष वलीले ३८ रन युवराज सुवेदीले २३ रन बनाए । बलिङतर्फ लिटिल एन्जलका अनिल खड्काले ४ ओभरमा १४ रन दिएर १ विकेट लिएका थिए । त्यसैगरी अविशेष मगरले ३ ओभरमा २६ रन दिएर १ विकेट लिएका थिए ।

प्रतियोगिताको शुक्रवारको अन्तिम तेश्रो खेलमा गोर्खा बोर्डिङ स्कुल लमही २ विकेटले बिजयी भएको छ । गोर्खा लमही र सिदार्थ आवासीय बोर्डिङ स्कुल घोराहीबिच भएको खेलमा गोर्खा लमही बिजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*