Home / Feature Breaking news / बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

हिमाल महरा
घोराही,१५ असोज । बंगलाचुली गाउँपालिका–४ गहत्तेरामा नेकपा एमाले, माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गरेका छन ।

प्रवेश गर्नेहरुमा गोकर्ण डाँगी, गुरुप्रसाद खत्री, बुद्धिराम विष्ट, लुमाकान्त डाँगी, प्रमिला डाँगी, हर्कबहादुर डाँगीलगात १५ जना रहेका छन ।

उनीहरुले एमाले, माओवादी पार्टीले जनताको सेवाभन्दा व्याक्तिगत स्वार्थ र जनतालाई धोका दिने काम गरेको हँदा कांग्रेसमा प्रवेश गरेको बताएका छन ।

नेपाली कांंग्रेस बंगलाचुली–४ वडा सभापति शिवराज दमाईको सभापति तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तेजबहादुर नेपालीको प्रमुख अतिथ्यतामा तथा नेपाली कांग्रेस पूर्व दाङ जिल्ला सदस्य नारायण भण्डारीको विशिष्ट अतिथिमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा नेत्रबहादुर खत्रीको नेतृत्वमा ११ सदस्यीय गहत्तेरा टोल समिति गठन समेत भएको छ ।सभापतिमा नेत्रबहादुर खत्री, उपसभापतिमा गुरुप्रसाद डाँगी, सचिवमा फनाधर डाँगी, कोषाध्यक्षमा गिरिराज गिरी, सहसचिवमा लुमा कंवर रहेका छन् ।

सदस्यहरुमा बद्रीराम विष्ट, विस्नु खत्री, दोर्ण डाँगी, दामोदर विष्ट, सिता डाँगी, प्रमिला डाँगी रहेका छन । नेपाली कांग्रेस बंगलाचुलीको उपसभापति द्रोर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचलान नेपाली कांग्रेस बंगलाचुली–४ का वडा उपसभापति विक्रम डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*