Home / Feature Breaking news / पार्टीभित्र आपसी प्रेम, सद्भाव बढाउन लागीपराैँ: गगन थापा

पार्टीभित्र आपसी प्रेम, सद्भाव बढाउन लागीपराैँ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस भित्र आपसि प्रेम ह्रास बन्दै गएको बताएका छन्। यसले पार्टीलाई सांगठनिक रुपमा कमजोर बनाउदै लैजाने खतरा रहेको उनले बताए ।

कांग्रेस दाङको प्रथम जिल्ला सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थापाले आपसी प्रेम, सद्भाव बढाउन पार्टीका हरेक सदस्य लाग्नु पर्ने बेला आएको बताए। ‘कांग्रेस भित्र एक अर्कामा मायाँ ममता हराएको छ,प्रेम सद्भाव हराएको छ,’ थापाले भने ‘एक अर्का प्रति प्रतिशोधको भावना बढ्दै गईरहेको छ, यसले कांग्रेसलाई कसरी नाफा हुन्छ?’ आफू भए मात्रै ठिक भन्ने मनोभावले कांग्रेसीहरुमा एक अर्का प्रति प्रेम सद्भावको कमी बन्दै गएको उनको भनाइ छ।

कांग्रेस भित्र कुनै न कुनै पदको लालसा झन पछि झन बढ्दै गएको भन्दै उनले पार्टीको संगठन निर्माणको चिन्तन कम बन्दै गएको बताए। देशभर कांग्रेसका ८ लाख सदस्य रहेको भन्दै थापाले पद नपाएका कांग्रेसीहरुको व्यवस्थापन नै अहिलेको पार्टीको मुख्य चुनौतीका रुपमा रहेको बताए। ‘कांग्रेसका सदस्यहरु देशभर हामी ८ लाख छौँ, यि मध्य केहि संघीय सरकारमा गएका हौँला, केहि प्रदेश सरकारमा गएका हौँला, केही माननीय भएका हौँ, अनि केहि स्थानीय सरकारमा सहभागी भएका हौँला,’ थापाले भने ‘८ लाख मध्ये अरु बाँकीले के गर्ने? किनकी हामी सबैलाई पद चाहिएको छ, यो अवस्था अहिले कांग्रेसका सामु जटिल बन्दै गईरहेको छ।’

२०१५ सालको जस्तै ईमानदार कांग्रेसीहरुले निर्माण गरेको कांग्रेसको आवश्यक्ता अहिले रहेको भन्दै थापाले पदमा सहभागी हुन मात्रै खोज्ने तर पद नपाए संगठनका लागि कुनै काम पनि नगर्ने परिपाटी गलत भएको बताए। ‘८ लाख मध्य हामी केहि पदमा छौँ होला,’ उनले भने ‘बाँकी अरुले कांग्रेस निर्माणमा भूमिका खेलौँन, पार्टी रहे न हामी रहने हो, हामीले पद पाउने हो।’ कांग्रेस भित्र आपसि प्रेम सद्भाव बढाउनु नितान्त आवश्यक रहेको भन्दै थापाले यसका लागि पार्टीले जागरण अभियान सञ्चालन गर्ने बताए।

यसैगरि उनले कांग्रेस र सरकार फरक पाटो भएको बताए। ‘कांग्रेस सहभागी सरकारले राम्रो काम गरेन भने हामी कांग्रेसीहरुले औँला ठड्याउँछौँ,’ उनले भने ‘यो संस्कृति कांग्रेस बाहेक कुनै पनि पार्टीमा छैन, फलतः कांग्रेस र सरकार फरक कुरा हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*