Home / Feature Breaking news / मावि लमडरुवामा सरस्वति मन्दिर निर्माण गरिने

मावि लमडरुवामा सरस्वति मन्दिर निर्माण गरिने

दाङ, ३ चैत
मावि लमडरुवामा सरस्वतिको मूर्ति निर्माण गरिने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० लमडरुवामा रहेको विद्यालयमा सरस्वतिको नयाँ मन्दिर निर्माण गरिने भएको विद्यालयले बताएको छ ।

विद्यालयका पूर्व विद्यार्थीहरुको सक्रियतामा विद्यालयमा सरस्वति मन्दिर निर्माण गर्ने तयारी निद्यालयले गरेको विद्यालयका प्रधानाध्यापक खगुलाल न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालयमा हालसम्म स्थाई रुपमा सरस्वतिको मन्दिर नभएकाले निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । सोहि विषयमा पूर्वा विद्यार्थीहरुको भेला आज शनिवार विद्यालयमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा भएको भेलाले सरस्वतिको मूर्ति एवं मन्दिर निर्माण गर्नकालागि विद्यालय व्यवस्थापन समिति र विद्यालयसँगै पूर्व विद्यार्थीहरुले विशेष भूमीका निर्वाह गर्ने निर्णय गरिएको छ ।

पूर्व विद्यार्थीहरुसँग समन्वयकालागि सबैले आ–आफ्नो क्षेत्रबाट समन्वय गर्ने पनि भेलाले निर्णय गरेको पूर्व विद्यार्थी आर.के.शीतलले जानकारी दिनुभयो । मन्दिर निर्माणकालागि पूर्व विद्यार्थी एवं सम्पूर्ण सहयोगी संघसंस्थाहरुलाई विद्यालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*