Home / Feature Breaking news / एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा चार विकेट गुमाएर पुर्‍याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*