Home / Feature Breaking news / संविधानको मर्म विपरित सरकारः नेपाली

संविधानको मर्म विपरित सरकारः नेपाली

दाङ,५ पुस । नेपाल सरकार एसिया प्यासिफिक समिटमा सहभागी भएर नेपालको संविधानको भावना माथि चोट पु¥याएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छ्न । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङको आयोजनामा विहिवार घोराहीमा भएको धर्म निरपेक्षता र एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारमा बस्नेहरु सधैभरी आफनो फाइदा र सत्ता स्वार्थको लागि बिदेसी शक्तिद्वारा परिचालित हुने गरेको बताएका थिए ।

एकातर्फ पश्चिमाहरु धर्म परिबर्तनको अभियानमा लाग्ने अर्कातर्फ सरकार नै धार्मिक कार्यक्रममा सहभागी हुने कार्यले धार्मिक द्धन्द्ध निम्त्याउने खतरा रहेको बताए । सरकारको यो कार्यले संविधानको मर्म र भावना बिपरित भएको समेत बताए । आफुलाई कम्युनिस्ट भन्नेहरु नै यस्ता कार्यक्रममा सहभागी हुनु लज्जास्पद भएको उनको भनाई थियो ।

अखिल नेपाल बुद्धिजीवी संघका पूर्ब महासचिव शशिधर भण्डारीले नेपालमा धेरै पहिला देखिनै किर्सियनहरुको सक्रियता बढेको र अहिले सरकार नै त्यसलाई सहयोग गर्ने कार्यले देशको स्वाभिमान गुमेको बताएका थिए । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले राष्ट्रिय जनमोर्चाले मात्र यस्ता बैचारिक विषयमा कार्यक्रम गर्ने गरेको बताउदै बिचारधारामा आएको स्खलनप्रति दुख ब्यक्त गरे ।

जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापती कमानसिंह भारती, नेकपा मसाल जिल्ला प्रबक्ता भरत भण्डारी, नागरिक समाज दाङका जिल्ला अध्यक्ष चन्द्रराज पन्त,नेपाल स्तम्भकार समाजका अध्यक्ष केवी मसाललगायतले बोलेका थिए । जिल्ला कोषाध्यक्ष श्यामलाल पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शुक्रराज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*