Home / Feature Breaking news / राप्ती ग्याँसले पायो नेपाल गुणस्तर चिन्ह

राप्ती ग्याँसले पायो नेपाल गुणस्तर चिन्ह

दाङ, ६ पुस
दाङबाट उत्पादन भईरहेको राप्ती ग्याँसले नेपाल गुणस्तर चिन्ह(एन.एस.) प्राप्त गरेको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा पाँच वर्षअघि स्थापना भएको राप्ती ग्यास उद्योग प्रालिले नेपाल गुणस्तर चिन्ह एनएस प्राप्त गरेको हो । नेपाल नाप तौल तथा गुणस्तर विभागले गत मंसिर १० गते नेपाल गुणस्तर चिन्हसहितको प्रमाणपत्र उद्योगलाई दिएको शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

उद्योगबाट अहिले ३५ हजार ग्यास शिलिण्डिर प्रति महिना उत्पादन भइरहेको छ । दाङमा ६१ प्रतिशत बजार राप्ती ग्याँसले ओगटेको उद्योगका प्रबन्धक खड्ग बुढाथोकीले जानकारी दिए । राप्ती लगायत जम्लादेखी रुपन्देही सम्मका सबै जिल्लामा ग्याँसको बजार रहेको उनले जानकारी दिए ।

राप्ती ग्यासले प्रति शिलिण्डरको बिमा गरेको छ । ग्यास शिलिण्डर पड्केर मानवीय र भौतिक क्षति भएमा बिमा रकम उपलब्ध गराउने योजना रहेको बुढाथोकीले बताए । उनले राप्ती ग्याँस ढुंक्क भएर प्रयोग गर्न सम्पूर्ण ग्राहकहरुमा अनुरोध पनि गरे ।
रप्ती ग्याँस उद्योग प्रालिका अध्यक्ष ओमभक्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, कार्यवाहक अध्यक्ष लीला शाह, राप्ती पोष्ट दैनिकका प्रकाशक÷सम्पादक सरद अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण आर.के.शीतलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*