Home / मनोरञ्जन / रक गायीका सरस्वतिको ‘यसपाली तीज पनि रक मै जम्ने भो’

रक गायीका सरस्वतिको ‘यसपाली तीज पनि रक मै जम्ने भो’

रक गायीका सरस्वति लामो तीज गीत बजारमा आएको छ । रक गायीका लामाको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ बोलको गीत बजारमा आएको हो । रक गायीको रुपमा आफ्नो परिचय बनाईसकेकी सरस्वतिको रक तीज गीत यसवर्षको नयाँपनको गीत बनेको छ ।

20446265_1444265558993144_2139549466_o
आधुनिकतामा रमाउने युवतिहरुको मागको भावलाई समेटेर यो गीत बनेको छ । साडी लगाउन युवतिहरुको नचाहने र छोटा छोटा कपडा रुचाउने भएको भन्दै गीत गीतमा साडी लगाउदा जीउमा गहुंगो हुने भएकाले साडी नलगाएको उनी गीतमा भनेकी छिन् ।

20446349_1444265668993133_450987049_o

महादेव मन्दिर साडी लगाएर गएको र त्यही साडीमा डिस्को जाँदा भित्र जान नदिएको भन्दै ठाँउ अनुसार लाउनुपर्ने गायीका सरस्वतिले गीतमा समेटेकी छिन् । उनले नयाँ पुस्ताको वास्तविकलााई गीतमा समेटेकी छिन् ।

20465007_1444265648993135_1699820378_o
यु.पी एण्ड सिनेमाको प्रस्तुतिमा बजारमा आएको गीतमा सरस्वति लामाको स्वर रहेको छ भने शब्द सरस्वति लामा र कृष्ण केसी रहेको छ । टंक बुढाथोकीको संगीत र एरेञ्ज, विक्रम चौहानको निर्देशन, युवराज खत्रीको छायांकन र सम्पादन रहेको छ भने दृष्य निर्माण एक्सन फिल्मस् प्रालीले गरेको हो । गीतमा रिना, विपना, निशा, मल्लिका, सुनिता, बाबुराम र कमलको अभिनय रहेको छ । महेन्द्र बुढाथोकी, सञ्जयराज अधिकारी र डि.वी लामाको विशेष सहयोगमा बनेको यो गीत यसवर्षको युनिक गीत बनेको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*