आर.के.शीतल
घोराही, १५ साउन
घोारहीको न्यू रोड । यसलाई गणेश हल रोड भनेर पनि चिनीन्छ । यो रोडमा वैक तथा वित्तिय संस्थाहरु धेरै छन् । त्यसै पनि धेरै चहलपहल हुने यो रोडमा वैक तथा वित्तीय संस्था धेरै भएकाले पनि मानिसहरुको आवातजावत धेरै हुन्छ । जसले गर्दा पार्किङमा समस्या भयो । घोराहीका न्यू रोडमा पार्किङको समस्या बढ्न थालेपछि ट्राफिक प्रहरीले सक्रीयताका साथ लियो । सडकमा जथाभावी पार्कीङ हुन थालेपछि ट्राफिक प्रहरीले संवेदनशील रुपमा लिएर पार्किङकालागी सीमा निर्धारण ग¥यो । सडकको दुबैतर्फ केही ठाँउ छोडेर सीमा निर्धारण ग¥यो । जुन सीमाभन्दा बाहिर पार्किङ गर्न नपाईने व्यवस्था भयो ।
तर यो नियम सवारी चालकहरुले मान्दैनन् । उनीहरु जथभावी पर्कीङ गर्ने गरेका छन् । ट्राफिक नियमको सवारी चालकहरुले कुनै वास्ता नगरी सडकमै पार्किङ गर्ने गरेका छन् । मोटरसाईकलहरुले धेरै मात्रामा नियमको पालना गरि सीमा भित्र पार्किङ गरेपनि चारपाग्रे सवारी साधनहरु पनि मनपरी पार्किङ हुने गरेका छन् । चारपाग्रे गाडीहरु पनि पार्किङ गर्न मिल्ने गरी सीमा निर्धारण गरिएको छ । तर उनीहरु नियम मान्न तयार छैनन् । मनपरी पार्किङ गर्छन् । जसले गर्दा सवारी दुर्घटनाको जोखीम बढ्ने गरेको छ ।
सवारी चालकहरुको लापरबाहीले पार्किङ निर्धारित सीमाभन्दा बाहिर हुने गरेको ट्राफिक प्रहरीले बताएको छ । भिडभाड धेरै हुने भएकाले पार्कीङ व्यवस्थीत बनाउन सीमा निर्धारण गरिएपनि ट्राफिक नियमको पालना नगरी सवारी चालकहरुले मनपरी पार्किङ गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका पहरी नायव निरिक्षक नन्दकुमार पोख्रेलले जानकारी दिनुभयो । पार्किङ व्यवस्थीत बनाउनकालागी ट्राफिक प्रहरी सक्रीयताका साथ लागेको बताउदै पोख्रेलले दैनिक २ वटा सवारी साधन यो रोडमा अव्यवस्थीत पार्किङ गरेकोमा कारवाहीमा पर्ने गरेको बताउनुभयो ।