Home / Feature Breaking news / बंगलाचुलीमा सर्वसम्मतीमै नयाँ नेतृत्व चयन

बंगलाचुलीमा सर्वसम्मतीमै नयाँ नेतृत्व चयन

हिमाल महरा

दाङ,८ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बंगलाचुली गाँपालिको सभापतिमा जागेश्वर अधिकारी सर्वसहमत चयन भएका छन् ।

जसको उपाध्यक्षमा द्रोर्णबहादुर खत्री र इन्द्रबहादुर वली, सचिबमा चेतबहादुर डाँगी र बलदेव मल्ल, सह–सचिवमा खुमबहादुर बुढाथोकी र केयरसिंह गाहासहित ३४ सदस्यीय गाउँसमिति सर्वसहमतिमै चयन भएका हो ।

यसैबिच नवनिर्वाचित सभापति जागेश्वर अधिकारीले बंगलाचुलीमा कुनै पनि गुटको राजनीतिक नहुने बताएका छन । अधिकारीले विभिन्न ठाउँमा कांग्रेसभित्र गुटउपगुट हुन गरेको भन्दै उनले बंगलाचुलीमा गुटगत राजनीतिको अन्त्य हुने बताएका हुन । उनले गुटगत राजनीति त्यागेर सवैलाई एकतावद्ध पाटी बनाउन लाग्न समेत आग्रह गरेका छन ।

बंगलाचुलीमा नयाँ युवालाई कार्यकारी पद दिएर गुटगत राजनीतिभन्दा पार्टीलाई बलियो बनाउने गरी अघि बढ्ने योजना अनुसार गुटगत राजनीतिलाई अन्त्य गर्ने सन्देश दिइएको सचिव चेतबहादुर डाँगीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*