दाङ, २ जेठ ।
कोरोना संक्रमणबाट दाङमा आईतवार ७ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार लमही ६ का ५९ वर्षिय पुरुष, घोराही ९ का ३० वर्षिय पुरुष र घोराही ९ कै ६९ वर्षिय पुरुषको होमआइसुलेनमा मृत्यु भएको छ ।
त्यस्तै तुलसीपुर १६ का ७८ वर्षिय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही १४ का ७४ वर्षिया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही १८ का ७० वर्षिया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको छ ।