Home / Feature Breaking news / मावि पदमपुरको जिर्ण भवनः त्राशमा विद्यार्थीहरु

मावि पदमपुरको जिर्ण भवनः त्राशमा विद्यार्थीहरु

अर्जुन परियार
हापुरे, १५ कार्तिक
बबई गाउपालीका ५ हापुरेमा रहेको जनकल्याण माध्यामिक बिद्यालय पदमपुरमा पठनपाठनमा समस्या आएको छ । स्थापना कालदेखी सञ्चालनमा आएका भवनहरु जिर्ण बन्दै गएपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो ।

२०३६ सालमा स्थापना भएको विद्यालयले २०५७ सालदेखी माध्यामिक तहका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

school

विद्यालयमा अहिले नौ सय ५९ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयमा १८ वटा कक्षाकोठा आवश्यक पर्ने भएपनि भवनहरु जिर्ण बन्दै गएपछि भत्केका भवनमा त्रासपूर्ण तरिकाले बसेर विद्यार्थीहरु पढ्न बाध्य छन् ।

मावि तहका विद्यार्थीहरु अतिरिक्त कक्षाको लागी विज्ञान प्रयोगशाला रहेको कोठाको भुईमा बसेर अध्ययन गर्न बाध्य छन् भने शिक्षकहरु अध्यापन गराउन । विद्यालयको भवन जिर्ण बन्दै जादा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानध्यपक खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।

साथै विद्यार्थीहरुको चाप तथा विषयगत शिक्षकहरुको अभाव एवं विद्यालयका जिर्ण भवनहरुले गर्दा विद्यार्थीहरुको पठनपाठनमा समस्या आईरहेको विद्यालयका प्रधानाध्यापक केसीले जानकारी दिनुभयो ।

पश्चिम क्षेत्रको सम्भावना बोकेको माध्यमीक विद्यालय पदमपुरमा भवनहरु जिर्ण बनेसँगै विद्यालयलाई आवश्यक शिक्षकहरु नहुँदा पठनपाठन प्रभावित बनेको हो । विद्यालयमा हाल १२ जना आधारभुत तर्फ दरबन्दी रहेको छ भने माध्यामीक तह २ जनाको राहतकोटा भएपनी एकजनाको कोटा रिक्त रहेको छ ।

रिक्त कोटामा शिक्षकको पदपुर्ति गर्न सम्बन्धित निकायबाट इजाजत नपाउदा राहतकोटा रिक्त रहेको केसीले बताउनुभयो । मावि तहका कक्षा सञ्चालनमा आवश्यक पर्ने दरबन्दि त विद्यालयमा छैन तर भएको राहतकोटा पनि रिक्त हुदा माबि तहका बिद्यार्थीहरुलाई आधारभुत तहका शिक्षकहरुले पढाउनु पर्ने बाध्यता रहेको छ ।

विद्यार्थीहरुको सुनौलो भविष्यकोलागि विषयगत शिक्षक र सुरक्षित भवनहरु आवश्यकता माध्यमीक विद्यालय पदमपुरमा रहेको छ । उक्त आवश्यकताको पुर्ति लागी सम्वन्धित निकायले पहल गरिदिन प्रधानध्यपक केसीले अनुरोध समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*