Home / Feature Breaking news / बंगलाचुलीमा जडिबुटी खेती अनुगमन

बंगलाचुलीमा जडिबुटी खेती अनुगमन

दाङ,३ साउन । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत बंगलाचुली गाउँपालिकाकामा लगाइएको जडिबुटि खेतीको शनिवार अनुगमन गरिएको छ ।

डिभिजन वन कार्यालय दाङ, सर्वोत्तम सहकारी संस्था, जनप्रतिनिधि सहितको सम्युक्त टोलीले बंगलाचुली गाउँपालिकामा लगाइएको जडिबुटि खेतीको अनुगमन गरिएको हो । यो बर्ष दाङको पहाडि क्षेत्र बंगलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपात गरी ७० हजार बढी बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

६ सय बढि किसानको जग्गा, सामुदायिक वनको खाली क्षेत्र र सामुदायिक विद्यालयको जग्गामा बृक्षारोपण कार्य गरिएको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । स्थानीय वडा कार्यालयहरुको समन्वयमा अघी बढाइएको कार्यक्रम अन्र्तगत जडिबुटिका बिरुवा हुर्काउने किसानलाई सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था मार्फत एउटा बिरुवाको ३ रुपैयाका दरले प्रोत्साहन स्वरुपको रकम प्रदान गर्ने ब्यवस्था गरिएको छ ।

अनुगमनपछि बंगलाचुलीको मुकुट्टीमा भएको सर्वपक्षीय छलफलमा बोल्दै डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले बंगलाचुली गाउँपालिका क्षेत्रमा यो करिव ५० हजार र घोराहीका पहाडि भेगका दुइ वटा वडामा करिव २० हजार जडिबुटिका बिरुवा लगाइएको जानकारी दिनुभयो ।

आगामी बर्षहरुमा समेत जडिबुटी बिस्तार कार्यक्रमलाई निरन्तरता दिइने भन्दै उहाले त्यसका लागि स्थानीयको साथ जरुरी रहेको बताउनुभयो । डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी.ले बिगतका बर्षहरुदेखि जिल्लाको पहाडी क्षेत्रमा टिमुर खेतीको प्रचुर सम्भावनालाई केन्द्रीत गरेर डिभिजन वन कार्यालयले जडिबुटि खेती मार्फत स्थानीयको आयआर्जन बृद्धि गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडिबुटि बिस्तार कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रमका रुपमा लिइ स्थानीयहरुलाई बिरुवा रोप्न प्रेरित गरिरहेको बताउनुभयो । सहकारी संस्थासँगको साझेदारीमा सञ्चालित बृक्षरोपण कार्यक्रमलाई गाउँगाउमा पू¥याउन आफूहरुपनि लागिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*