तुलसीपुर, १३ कार्तिक
असहाय बाल बिकास नेपाल दाङमा राखिएकी एक वेवारिसे बालिकाको परिवारलाई जिम्मा लगाईएको छ ।
बालिकाका परिवारलाई सोमबार जिम्मा लगाईएको हो । ईलाका प्रहरी कार्यालय खिलतपुरले वेवारिसे अबस्थामा भेटाएपछि ती बालिकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो ।
त्यसपछि ईलाका प्रहारी कार्यालय तुलसीपुरले ती बालिकाको पालन पोषण तथा शिक्षा दिक्षाका लागि यहि कात्र्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल बिकास नेपालमा जिम्मा लगाएको थियो ।
ववई गाउपालिका ६ बगाले घर भएकी वालिका लिलावती राणालाई ईलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल बिकास नेपाल र न्युसिपिसिको रोहबरमा परिवारलाई जिम्मा लगाईएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश बिष्ट, असहाय बाल बिकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरी, न्युसिपिसिका अध्यक्ष नबराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डाँगीलगायतको रोहबरमा उनका वुवा पले रानालाई जिम्मा लगाईएको असहाय बाल बिकास नेपाल बिजौरीका प्रेस सल्लाहकार दिपक बोहराले जानकारी दिए ।
१४ बर्षीया ती बालिका बच्चै देखी मानसिक रोगी भएकाले घर छोडेर हिड्ने गरेको उनका बुवा पले रानाले बताए । साथै बालिकालाई नबजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी) तुलसीपुरले यातायात र पठन पाठन गरी करिब ३ हजार तीन सय रुपैया उपलब्ध गराईएको थियो ।
साथै अध्यक्ष चौधरीले ती बालिकाको उपचारका क्रममा लाग्ने यातायात खर्च, खाना बस्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
संस्थाले अभिभाबक बिहिन बनेका १४ जना बालबालिकालाई पालन पोषण गर्दै आएको छ । पछिल्लो समय प्रहरीले बेवारिसे अबस्थामा भेटिएका बालबालिकालाई पालन पोषणका लागि उक्त संस्थालाई जिम्मा लगाउदै आएको छ ।