घोराही, १३ कार्तिक
नेकपा एमाले दाङ र नेकपा माओवादी केन्द्र दाङको संयुक्त बैठक सोमबार घोराहीमा बसेको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
आगामी मंसिर २१ गतेका दिन यस क्षेत्रमा हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बाम उमेदवारहरुलाई विजयी गराउनका लागि दुवै पार्टीलार्य संयुक्त परिचालन गर्ने निर्णय गरेको छ ।
निर्वाचन परिचालन संयुक्त रुपमागर्ने साथै गाउँ देखि जिल्ला तहसम्म दुवै पार्टीलार्य व्यवस्थित परिचालन गर्ने र त्यसका लागि आवश्यक संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि गरिएको छ ।
सोही क्रममा कात्तिक १६ गतेका दिन उमेदवारी दर्ता संयुक्त रुपमा गर्ने र त्यसका लागि दाङका सवै वडाबाट जनपरिचालन गर्ने निर्णय गरिएको छ । उमेदवारी दर्ता गर्ने दिन कम्तीमा पनि १० हजार कार्यकर्तालाई घोराहीमा उतार्ने निर्णय पनि संयुक्त बैठकले गरेको छ ।
उमेदवारी दर्ता गर्ने दिन कात्तिक १४ गतेका दिन घोराही उप महानगरपालिका वडा नं. १७ मा रहेको शहिद पार्कमा आम सभाको आयोजना गर्ने निर्णय गरिएको छ ।
सभालाई नेकपा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका तर्फबाट उप प्रधानमन्त्री समेत रहनुभएका कृष्णवहादुर महरा लगायतले सम्वोधन गर्नुहुनेछ ।
सभाको कार्यक्रमका लागि मञ्च व्यवस्थापन एमालेका तर्फबाट गरिने र मुल व्यानर, ¥याली व्यानर र मञ्चमा राख्ने झण्डा नेकपा माओवादी केन्द्रका तर्फबाट व्यवस्था गर्ने निर्णय गरिएको छ ।
उक्त कार्यक्रमका लागि स्वयम सेवक परिचालन गर्नका लागि मनोहर बुढाथोकी, सुदन केसी, प्रेम बुढा, सरोज खड्का, प्रविन वली, मौसम आचार्य, लक्की लामा, खगेश्वर घर्ती रहेको समिति बनाइएको छ ।
यसैगरी उमेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि भुपवहादुर केसी, ओमभक्त डाँगी, मौसम आचार्य, पुस्कर भण्डारी, अच्युत न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
संयुक्त बैठकमा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम, नेकपा माओवादी केन्द्र्र दाङका संयोजक सुवास पुन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र जित चौधरी, नेकपा एमाले दाङका उप सचिव सुरामणि बेल्वासे, सचिवालय सदस्यहरु देवराज विश्वकर्म, विवेक श्रेष्ठ र शरद अधिकारीको सहभागिता थियो ।
RaptiSandesh RaptiSandesh