Home / Feature Breaking news / अपांग भएका व्यक्तीहरुलाई मानसिक स्वास्थ्य सचेतना

अपांग भएका व्यक्तीहरुलाई मानसिक स्वास्थ्य सचेतना

घोराही, २४ असोज

विश्व मानसिक स्वास्थ्य दिवशको अवसरमा अपांग भएका व्यक्तीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

दिवशको अवसरमा नेपाल अपांग संघ खगेन्द्र नवजिवन झिगौरामा शुझवार एक कार्यक्रमको आयोजना गरि अपांग भएका व्यक्तीहरुलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र स्वःहेरचाह सम्बन्धी सचेतना गरिएको हो ।

नेपाल महिला सामुलदायिक सेवा केन्द्र दाङ र फेरमेड फाउण्डेन नेपालको आयोजनामा दिवशको अवसरमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक समस्या हुनुका कारण, लक्षणहरु, समस्या समाधानका उपायहरु, तनाव व्यवस्थापन, स्वःहेरचाह गर्ने उपायहरु लगायत विषयमा जानकारी गराईएको थियो ।

सहभागीहरुलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रका वरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेपाल अपांग संघ खगेन्द्र नवजिवनका अध्यक्ष रुपा वली, उपसचिव बसन्तराज भट्ट, फेरमेड फाउण्डेशनका शोभाराम भण्डारी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सुचना अधिकारी आर.के.शीतल, प्रेरणा परियोजनाका जिल्ला संयोजक विवेक के.सी लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका आई.टी अफिसर प्रमेश चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*