दाङ,१ असार । दाङमा कोरोना संक्रमण देखिएका दुई जना स्वास्थ्यकर्मीहरु उपचारपछि घर फर्किएका छन् । देउखुरीको गढवा गाउँपालिकाले वडा नं. ६ मा रहेको जनता माध्यामिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा कार्यरत रहेका बेला जेठ १८ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका उनीहरु उपचारपछि घर फर्किका हुन ।
कोरोना संक्रमणपछि कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका उनीहरु उपचपारपछि सोमवार डिस्चार्ज भएका हुन् । कोरोना संक्रमित देखिएका लमही नगरपालिका–१ का ४० बर्षीय पुरुष र राप्ती गाउँपालिका–८ निवासी ३६ बर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका थिए ।
कोरोना विशेष अस्पताल बेलझुण्डी भर्ना भएको १५ दिनपछि कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ड भएका हुन । ‘उनीहरु क्वारेन्टाइन कार्यरत रहेकै समयमा कोरोना संक्रमण देखिएको थियो ।
‘क्वारेन्टाइनमा कार्यरत भएको बेलामा कोरोना संक्रमण देखिएका हाम्रो गाउँपालिका दुई जना स्वास्थ्यकर्मीहरु आज कोरोना रोगलाई जितेर फर्किनुभएको छ’–गढवा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले भने–‘अस्पतालबाट डिस्चार्ड हुनुभएका दुई जना स्वास्थ्यकर्मीहरु अस्पतालको निर्देशन अनुसार अव केही दिन होम क्वारेन्टाइनमा बस्नुहुनेछ ।’
जेठको १८ गते उनीहरुसँगै थप दुई जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएको थियो ।
सोमवार कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको अस्पतालका हेल्थअसिस्टेन्ट दोर्ण वलीले जानकारी दिएका छन् ।