Home / Feature Breaking news / दाङमा थपिए ४३, घर फर्किएका पनि संक्रमण

दाङमा थपिए ४३, घर फर्किएका पनि संक्रमण

दाङ,१ असार । सोमवार दाङमा ४३ जना कोरोना संक्रमित थपिएका छन् । घोराही उपमहानगरपालिका ४२ जना र बंगलाचुली गाउँपालिका एक जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । थपिएका संक्रमित मध्य सवैभन्दा धेरै घोराही उपमहानगरपालिका–१७ का छन् । सो वडाका ४०, ४३, २९, ३०, ३०, २५, ४९, २४, ४६, २३, ४२, ५५, २०,१५,१४,१९ र ३४ बर्षका गरेर १७ जना छन् ।

उनीहरु मध्य एक जना महिला रहेकी छिन् । पिसिआर परिक्षणको रिपोर्ट नआउँदै घर पठाइएका गोरक्षरत्ननाथ माध्यामिक विद्यालय चौघेरा क्वारेन्टाइनमा बसेका १३ जना र रात्री प्रावि क्वाडीबाट घर पठाइएका ४ जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । चौघेरा क्वारेन्टाइनमा बसेका ३५ जना मध्य १६ जनालाई चार दिन पहिले कोरोना रिपोर्ट नआउदै घर पठाइएको थियो । घर फर्किएका मध्य १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । जेठ २१ गते पिसिआर परिक्षणका लागि उनिहरुको स्वाव संकलन गरिएको थियो ।

चार दिनपछि रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई आइसोलेसन सेन्टरमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक विकेश रेग्मीले वताए । घोराही उपमहानगरपालिका वडा नं १८ को ७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु दुई जना वडाको आधारभुत विद्यालय गिठेपानी क्वारेन्टाइनबाट रिपोर्ट नआउदै घर फर्किएका थिए भने चार जना आधारभुत विद्यालय बेलघारीको क्वारेन्टाइनबाट घर फर्किएका थिए । कोरोना संक्रमण देखिनेहरु घोराही–१८ का २४,३६,६०,३६,३३,४३ र ४६ बर्षका पुरुषहरु छन । उनीहरु मध्य एक जना स्वास्थ्यकर्मी हुन ।

उनी नयाँ दिल्लीबाट जेठको ३ आएर क्वारेन्टाइनमा बसेका थिए । लामोसमय क्वारेन्टाइनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि उनीहरु शनिवार घर फर्किएका थिए । घर फर्किएको दुई दिनपछि कोरोना संक्रमण देखिएपछि संक्रमितहरुलाई आइतबार राती र सोमवार विहान घरबाट ल्यार घोराही–१० दक्षिण अम्राईको आइसोलेसन सेन्टरमा राखिएको छ ।

त्यसैगरेर घोराही उपमहानगरपालिका–३ मा ३, वडा नं। ४ मा १० र ५ नम्वर वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् । इन्चार्ज रेग्मीका अनुसार वडा नं। ३ मा ४१,३३,४८ बर्षका पुरुष छन । वडा नं। ४ मा ५७,३१,३१,२२,३१,२०,१९,२१,२२,४१ र वडा नं। ५ मा १९,३५,१८,२४ र ३८ बर्षीय परुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ । त्यो मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।

 परिक्षणको रिपोर्ट आउन ढिलाई भएको भन्दै शनिबार घोराही उपमहानगरपालिका– १ को सिमलतार आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका २८ घर फर्किएका थिए । त्यसैगरी घोराही उपमहानगरपालिका–६ को माध्यामिक विद्यालय जजरागाउँको क्वारेन्टाइनमा बसेका १८ र घोराही–१८ स्थित आधारभूत विद्यालय गिठेपानीबाट १३ जना घर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*