Home / Feature Breaking news / कांग्रेस पालिका अधिवेशन : कतै सर्वसम्मत, कतै उम्मेद्वारी दर्ता

कांग्रेस पालिका अधिवेशन : कतै सर्वसम्मत, कतै उम्मेद्वारी दर्ता

दाङ, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका १० वटा पालिकामा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता भएको छ । दश स्थानीय तहमध्ये बंगलाचुली, राप्ती र शान्तिनगर गाउँपालिकामा सर्वसम्मतिमै नेतृत्व चयन भएको छ । शनिवार हुने निर्वाचनका लागि बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म दशवटै पालिकामा उम्मेद्वारी दर्ता भएको हो ।

संस्थापन र संस्थापन इतर समूह बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । जिल्लाका दुई जुम्ल्याह उपमहानरपालिका अन्तर्गत् घोराही उपमहानगरपालिकाको नगर अधिवेशनमा तिलक रावत र निरज गिरीले सभापति पदमा उम्मेद्वारी दर्ता गराएका छन् । रावत सस्थापन र गिरी संस्थापन इतर समूहबाट उम्मेद्वार बनेका छन् । दुवै जना नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । गिरी नेपाल विद्यार्थी संघका जिल्ला सदस्यका रूपमा छन् भने रावत नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति हुन् ।

घोराहीमा उपभापति प्रदीप सुवेदी, श्रीधर महरा, वेदबहादुर लामिछाने र दुर्लभ केसीको उम्मेद्वारी परेको छ । यसैगरी सचिवमा मनोज डिसी, किरण पौडेल, भीमकान्त चौधरी र पुष्पराज आचार्य, सहसचिवमा भरत धिताल, चेतन बस्नेत, राजकुमार बस्नेत र सतीस शर्माको उम्मेद्वारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको नगर अधिवेशनमा सुरेश हमाल र अनील कार्कीको सभापतिमा उम्मेद्वारी दर्ता गरेका छन् । हमालले सस्थापन इतर र कार्कीले संस्थापन पक्षबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।

हमाल यातायात व्यवसायी समेत हुन् भने कार्की विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उपसभापतिमा हमाल पक्षबाट बिनिल केसी, पिमलाल डाँगी, सचिवमा बिमल पौडेल र सुशील वली, सहसचिवमा झनक केसी र शेषमणि भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् भने कार्की समूहबाट उपसभापतिमा अशोक श्रेष्ठ, गौरव सुवेदी, सचिवमा भोजराज न्यौपाने, परशुराम चौधरी, सहसचिवमा अशोक भण्डारी र तिलसरा वलीले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरी लमही नगरपालिकामा शिवप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापति पदमा उम्मेद्वारी दिएका छन् । शिवप्रसाद चौधरी साविक लमही नगरपालिका सभापति हुन् भने बुढाथोकी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्दैछन् ।

दंगीशरण गाउँपालिकामा शम्भु गिरी र हर्कबहादुर बुढाथोकी, बबई गाउँपालिकामा प्रकाश बस्नेत र पर्शाराम भुसालले सभापतिमा उम्मेद्वारी दर्ता गरेका छन् । गढवा गाउँपालिकामा सभापतिमा कृष्णराज पाण्डे र किरण पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी सचिवमा पुरणप्रसाद चौधरी, पोषणराज शर्मा, ओमप्रकाश बसेल र मधुसूदन शर्माको उम्मेद्वारी परेको छ । यसैगरी राजपुर गाउँपालिकाको नेतृत्वको लागि सभापतिमा २ जानको उम्मेद्वारी परेको छ । शरद बुढाथोकी र नरेन्द्रसिंह भण्डारीको उम्मेद्वारी परेको छ ।

बुढाथोकी यस अघि पनि राजपुरको सपभाति हुन् । त्यसैगरेर उपसभापतिमा राजबहादुर यादव, अमृत खड्का, मोहन गुप्ता, आशाराम यादवको उम्मेद्वारी परेको छ । सचिवमा शालीकराम यादव, दिनानाथ यादव, इन्द्रबहादुर भण्डारीको उम्मेद्वारी परेको छ । सहसचिवमा सर्वसम्मतीमा अविन्द्रकुमार झा र चुडामणि पोख्रेल चयन भएको राजपुर गाउँपालिका मतदान अधिकृत दुर्गाप्रसाद पाण्डेले बताए ।

बंगलाचुली, राप्ती र शान्तिनगरमा सर्वसम्मत

जिल्लाको बंगलाचुली र राप्ती गाउँपालिकामा सर्वसम्मतिमै नेतृत्व चयन भएको छ । १४औँ महाधिवेशनअन्तर्गत् बंगलाचुली गाउँपालिकामा सभापतिमा जागेश्वर अधिकारी सर्वसहमतिमै चयन भएका हुन् । यसैगरी उपसभापतिमा इन्द्रमणि वली र द्रोण खत्री, सचिव बलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश विक, केयरसिं गाहा मगर सर्वसम्मत चयन भएका छन् ।

यसैगरी राप्ती गाउँपालिकामा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । राप्ती गाउँपालिका सभापतिमा विद्याशरण चौधरी चयन भएका छन् । उपसभापतिमा श्यामा रावत, प्रशान्त भुसाल, सचिवमा तीर्थराज ज्ञवाली, चैनकुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका हुन् । यसैगरी शान्तिनगर गाउँपालिकामा इकाई सभापतिमा झलक केसी सर्वसम्मतिमै चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*