Home / Feature Breaking news / उत्सर्ग संगीत अवार्डको मुल समिति र उपसमितिहरु गठन

उत्सर्ग संगीत अवार्डको मुल समिति र उपसमितिहरु गठन

दाङ,१० असोज । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड–२०७८ को मुल समिति तथा उपसमितिहरु गठन गरिएको छ ।

उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितको संयोजकत्वमा गठित मुल समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ, दाङका पूर्व अध्यक्ष सबिन प्रियासन, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, सहकोषाध्यक्ष राज राना, अभिनेत्री कल्पना आचार्य, अभिनेता छबिलाल कोपिला, राप्ती प्रेस अनलाइनका सम्पादक पाण्डव शर्मा (सदस्य सचिव) इन्देणी अनलाइनका सम्पादक केशरमान बुढाथोकी, लोकगायक प्रेम शर्मा, देवकला बस्नेत, डब्लु डब्लु एफजेकी अध्यक्ष रोशनी मल्ल र कोरियोग्राफर रिचा बुढाथोकी रहेका छन् ।

अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । नेपाल पत्रकार महासंघ, दाङका पूर्व अध्यक्ष सबिन प्रियासन संयोज र शरद रेग्मी, दशरथ घिमिरे, लिलाधर वली, अमर आचार्य, सपना बोहरा, बिमला घर्ती, संतोष डाँगी र आभास बुढाथोकी सदस्य रहेको प्रचार र प्रसार उपसमिति गठन गरिएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी संयोजक रहेको आर्थिक उपसमिति गठन गरिएको छ । सदस्यहरुमा राज राना, प्रकाश पुन, लेखराज डाँगी, रुद्र शर्मा र माधव न्यौपाने रहेका छन ।

कार्यक्रम व्यवस्थापन उपसमितिमा दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी संयोजक र सदस्यहरुमा देवकला बस्नेत, प्रेम शर्मा, रिचा बुढाथोकी, होटल व्यवसायी संघको प्रतिनिधि सदस्य रहेका छन ।

त्यसैगरी माननीय कोमल वली, अमर डाँगी, डा गोविन्द आचार्य, डा भीमार्जुन आचार्य, चन्द्र शर्मा, अनन्तराज घिमिरे, उदय जीएम, बलिभद्र राना, ध्रुबराज भारी,गेहेन्द्र बस्नेत, लक्ष्मी आचार्य, सीता आचार्य, जंगबहादुर पुन, केबी चौधरी र दिलकुमारी बुढा मगर रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरूपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती अंचलमा गुन्जिने लोकभाकाहरु, रुपान्तरणका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, लोक, पप, गजल तथा म्यूजिक भिडियोबाट अवार्ड प्रदान गरिनेछ । साथै राप्ती क्षेत्रका स्वर्गीय अग्रज कलाकारहरुलाई मरणोपरान्त सम्मान र जीवित अग्रज कलाकारहरु दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*