Home / Feature Breaking news / संघीयताको खारेजीको माग गर्दै जनमोर्चाद्धारा विरोध

संघीयताको खारेजीको माग गर्दै जनमोर्चाद्धारा विरोध

दाङ, १० असोज । राष्ट्रिय जनमोर्चा दाङले संघीयताको खारेजीको माग गर्दै घोराहीमा विरोध सभा गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयता नेपालको हितमा नभएको भन्दै यसको खारेजी हुनुपर्ने बताएका थिए ।

संघीयता खारेजीको लागि सम्पूर्ण देशभक्तहरु एकताबद्ध हुन आवश्यक रहेको उनीहरुको भनाइ थियो । त्यस अवसरमा राष्ट्रिय जनमोर्चाका कार्यकारिणी अध्यक्ष रश्मीराज नेपालीले विदेशी हस्तक्षेप बढ्दै गएको बताएका थिए । विदेशी हस्तक्षेपको कारण नेपालको अस्तित्व समाप्त पार्न खोजिएको उनको भनाइ रहेको छ ।

एमसीसी नेपालको हितमा नभएको भन्दै सम्झौता गर्न नहुने नेपालीले बताए । सो अवसरमा अखिल नेपाल टे«ड युनियन अनटुपका जिल्ला अध्यक्ष हरि थापा, अखिल महिला संघका शारदा थापालगायतले भनाइ राखेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव वसन्त पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*