Home / Feature Breaking news / बिप्लव निकट क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको तयारी पुरा

बिप्लव निकट क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको तयारी पुरा

आइतवार उदघाटन हुने
दाङ,२६ फागुन । दाङको घोराहीमा हुन थालेको नेत्रविक्रम चन्द ‘बिप्लव’ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको यहि फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुन थालेको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको सगठनले जनाएको हो ।
“वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ उक्त संगठनको राष्ट्रिय सम्मेलन हुन थालेको हो । सम्मेलनको आइतवार बिहान ११ बजे कर्मचारी मिलन केन्द्रपछाडि मैदानमा उदघाटन हुने भएको छ । सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढा मगरले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

सम्मेलनमा देशभरका ४ सय प्रतिनिधि तथा प्रवेक्षकहरुके सहभागिता हुने उक्त संगठनले जनाएको छ । संगठनका केन्द्रिय सचिवालय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक नरेन्द्र विकले सम्मेलनलाई जनवादी शिक्षा, जनशिक्षा, व्यवहारिक शिक्षा, वैज्ञानिक तथा प्राविधिक शिक्षा र सर्वसुलभ शिक्षा गुणस्तरिय शिक्षा आफ्नो संगठनको अभिष्ट भएको र सो पूरा नभएकाले उक्त शिक्षा प्रणालीको नीति कार्यक्रम, कार्ययोजनाको सम्मेलनले ठोस गर्ने र त्यसको जगमा वैज्ञानिक समाजवादी शिक्षाको कार्यदिशा निर्धारण गर्ने बताएका छन । सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*