Home / Feature Breaking news / घोराहीमा सभ्यता पाठशाला सुरू, संस्कार संस्कृति र सभ्यतामा प्राथमिकता

घोराहीमा सभ्यता पाठशाला सुरू, संस्कार संस्कृति र सभ्यतामा प्राथमिकता

घोराही, १४ बैशाख । घोराहीमा सभ्यता पाठशाला सञ्चालनमा आएको छ । ुसंस्कार संस्कृति र सभ्यता, हाम्रो प्रतिवद्धताु को मूल नाराकासाथ सुरू भएको पाठशालाले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर पाठशालाबारे जानकारी दिएको छ ।

२०६९ सालमा युनाईटेड मन्टेश्वरी सञ्चालन गरेको र हाल सभ्यता पाठशाला गर्न लागिएको पाठशालाका शैक्षिक संयोजक केशरमान बिसीले जानकारी दिनुभयो । दाङमा मन्टेश्वरी विधि भित्राएको टीमले हाल सभ्यता पाठशाला सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । युनाटेड मन्टेश्वरीमा कक्षा यूकेजीसम्म पढाइ हुने गरेको र सभ्यता पाठशालामा कक्षा ५ सम्म पढाइ हुने उहाँले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय पाठ्यक्रममा व्यहारिक रूपमा पढाइ हुने उहाँले बताउनुभयो । अष्ट्रेलिया, भारत लगायत देशहरूमा शैक्षिक अनुभव भएका शिक्षकहरूले अध्यापन गराउने व्यवश्था रहेको छ । खेल मैदान सहित अन्य खेलकुद, स्वीमीङ पुलको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
पाठशालाका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाठशालाका सञ्चालक कृष्णदेव थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सञ्चालक लोकबहादुर बिसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*