Home / Feature Breaking news / जेसीज कप टि–२० प्रतियोगिताको उदघाटन युएनबिसी बिजयी

जेसीज कप टि–२० प्रतियोगिताको उदघाटन युएनबिसी बिजयी

राप्ती सन्देश समाचारदाता
दाङ,२६ फागुन । दाङमा पहिलो पटक सार्वधिक ठुलो राशीको जेसिज कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु भएको छ । त्रिभुवननगर जेसीजको आयोजनामा भएको प्रतियोगिताको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलको उदघाटन गरेका हुन ।

त्रिभुवननगर जेसिज जेसीज घोराहीका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता एव घोरामी उपमहानगरपालिका प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतियोगिताले जिल्लाको खेलक्षेत्रको विकाससँगै आर्थिक तथा पर्यटनको विकासमा समेत महत्वपुर्ण सहयोग पु¥याउने बताएका थिए । मानिसहरुको स्वास्थ्यसँग जोडिएको खेलक्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्र्रमुख चौधरीले प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । खेलकुदका माध्यमवाट मानिसहरुलाई स्वस्थ बनाउनका साथै नगरको आर्थिक तथा पर्यटन विकास गर्न सकिने भएकाले घोराही उपमहानगरपालिकाले एक वडा एक खेलकुद मैदानको अवधारणा अघि सारेको भन्दै त्यसलाई पुरा गर्न आफुले सवै वडा अध्यक्षहरुलाई निर्देशन समेत दिएको बताएका थिए ।
त्रिभुवन नगर जेसिजका खेल संयोजक दिपेन्द्र पुनको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेपाल जेजिसका उपाध्यक्ष बिजय घिमिरे,घोराही उपमहानगरपालिका वडा नंं १५का वडा अध्यक्ष रमेश पाण्डेय,वडा नं. १३ का वडा अध्यक्ष रविलाल घर्ति,वडा नं. १७ का वडा अध्यक्ष खुशीराम चौधरी,नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सचिवन प्रियासन,दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुन,क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मज्गैया,दाङ महिला जेसिजकी अध्यक्ष डोमा पाण्डेलगायतले प्रतियोगिताको सुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगीतामा १६ टिमको सहभागिता रहेको छ । विजेता टिमले नगद १ लाख २५ हजार सहित शिल्ड प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ५० हजार शिल्ड प्रमाण पत्र पाप्त गर्नेछ । प्रीतयोगितामा म्यान अफ द सिरिज, वेष्ट वलर, वेष्ट व्याटसम्यान, जेसीइमरजिङ खेलाडीलगाएत घोषणा गरिने पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु नकआउट स्टिममा खेलाइने भएको छ । जेसिज सदस्य मुकेश पन्तले आस्थापाठ गराएको कार्यक्रमको सहजिकरण जेसीजका महासचिव वुद्धिप्रकास शर्माले गरेका थिए ।

सनिवार उद्घाटन खेल युनाईटेड नयाँबजार क्लव विजयी भएको छ । खेलमा घोराहीको युएनविसी ४१ रनले विजयी भएको छ । टस जितेर पहिला व्याटिङ रोजेको युएनविसीले २० ओभरमा ५ विकेट गुमाई १ सय ६८ रन बनाउन सफल भएको थियो । जसमा सुमन पुनले ६ चौका र २ छक्का प्रहार गर्दै २० बलमा ३९ रन बनाएका थिए भने राजविर सिंहले ५ छक्का प्रहार गर्दै २६ बलमा ३२ रन जोड्न सफल भएका थिए । त्यसैगरी सञ्जु पुनले २ छकका प्रहार गर्दै १३ वलमा जम्मा १२ रन जोडेका थिए । १६९ रनको लक्ष्य पाएको पुरन्धारा क्रिकेट क्लवले निर्धारीत २० ओभरको खेलमा सवै विकेट गुमाउदै १ सय २७ रन मात्र जोडेको थियो । पुरन्धारा क्रिकेट क्लवको तर्फवाट सराव अन्सारीले ४५ विराट भण्डारीले ३१ र सोनु वलले १३ रन जोडेका थिए । सनिवारको खेलमा युएनविसिका ३९ रनको योगदान दिने सुमन पुन म्यान अफ दि म्याच घोषित भएका थिए ।
आईतवार विहान धनगढी क्रिकेट एकेडेमी र घोराही क्रिकेट एकेडेमी विच हुने छ भने दोस्रो खेल ईन्द्रेणि क्रिकेट क्लव भालुवाङ र योङगन्स क्रिकेट क्लव नेपालगञ्ज विच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*