Home / समाचार / खानेपानी सरसफाई बारे अभिमुखिकरण

खानेपानी सरसफाई बारे अभिमुखिकरण

तुलसीपुर, ६ चैत्र । कटाहा सिम्लेधारा खानेपानी योजना अन्तर्गत खानेपानी सुरक्षा योजना टिमका पदाधिकारी तथा सदस्यहरुका लागि शुद्ध खानेपानीका बारेमा विहिवारदेखि अभिमुखिकरण शुरु भएको छ ।

खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालयको आयोजनामा शुरु भएको अभिमुखिकरणमा खानेपानीको पुर्ण सुरक्षा र पुर्ण सरसफाइका बारेमा प्रशिक्षण दिइएको हो । योजनाका अध्यक्ष शरद मल्लको अध्यक्षता एबम तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डागीको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरणको प्रशिक्षकमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत राजकुमार पोख्रेल रहेका छन ।

अभिमुखिकरण कार्यक्रममा अधिकृत पोख्रेलले विहिवार पूर्ण सरसफाइका सुचकहरु, हात धुने तरिका, शुद्ध खानेपानीका लागि अपनाउनुपर्ने विधि लगायतका बारेमा प्रशिक्षण दिएका थिए । खानेपानी सुरक्षा योजनाका सुचकहरु र यसको पुर्ण कार्यान्वयनका विषयमा प्रशिक्षण दिने भएका छन ।

अभिमुखिकरणको उद्घाटन अबसरमा योजनाका अध्यक्ष शरद मल्ल, वडा सदस्य सुबास डागि, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत राज कुमार पोख्रेल, खानेपानी सुरक्षा योजनाका सदस्यहरु तेज बहादुर डागी, भुप बहादुर वली, तुल्सिराम चौधरी, तेज बहादुर खत्री, दुर्गा शर्मा, बाल कुमारी खत्री, सुकलाल बिकलगायतले समुन्नत समाज निर्माणका लागि स्वास्थ्य मुख्य सवाल रहेको चर्चा गर्दै स्वस्थ हुनका लागि शुद्ध खानेपानी अनिवार्य रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*